दलहरु समानुपातिक सभासद्को नाम छान्न व्यस्त
काठमाडौं ८ पुस । राजनितिक दलहरु समानुपातिक तर्फको सभासद्को नामावली तयार पार्न आन्तरिक तयारीमा जुटेका छन् । एमाले, कांग्रेस र मधेशवादी दलहरु सुची बुझाउन केही दिन मात्र बाँकी रहेकाले समयमै सभासद्को सूची तयार पार्न दलहरु छलफलमा जुटेका हुन् ।
एमाओवादीले धाधलीको छानविन गर्न आयोग नवन्दा समेत सभाद सिफरिस नगर्ने वताए पनि आन्तरीक रुपमा सभाषद छान्ने गृहकार्य भईरहेको श्रोतको भनाई छ ।
केहीदलले आफ्नै अध्यक्षलाई सभासद् चयन गर्ने जिम्मेवारी दिएका छन भने केही दलहरु छलफलमा व्यस्त भएका छन् । मधेसी जनअधिकार फोरम नेपालले समानुपातिक सूचीमा पठाउने सभासद चयनबारे छलफल सुरु गरेको छ । चुनावी समीक्षा, पार्टीको भावी रणनीतिबारे शनिबारदेखि केन्द्रीय कार्यालय बालकुमारीमा फोरम नेपालको बैठक जारी छ । फोरम नेपालले समानुपातिकतर्फ ८ सिट पाएको छ ।
मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले भने अध्यक्ष विजयकुमार गच्छदारलाई समानुपातिकतर्फका सभासदको नाम चयन गर्ने जिम्मा दिएको छ । लोकतान्त्रीकले समानुपातिकतर्फ १० सिट पाएको छ ।
यस्तै सद्भावना पार्टीले समानुपातिक सभासद चयन गर्ने जिम्मा अध्यक्ष राजेन्द्र महतोलाई दिएको छ । २४ देखि २८ मंसिरमा काठमाडौंमा भएको राष्ट्रिय कार्यसमिति बैठकले महत्तोलाई जिम्मेवारी दिएको हो । सद्भावनाले समानुपातिकमा ५ सिट पाएको छ । तराई मधेस लोकतान्त्रिक पार्टी तमलोपाले पनि छिटै समानुपातीक सभासदको नाम चयन गर्ने जनाएको छ । तमलोपाले समानुपातिकमा ७ सिट पाएको छ ।
राष्ट्रिय मधेस समाजवादी पार्टीले समानुपातिकमा नाम चयन गर्न अध्यक्ष शरतसिंह भण्डारीलाई नै जिम्मेवारी दिएको छ । प्रत्यक्षमा एउटै सिट नजितेको राष्ट्रिय मधेस समाजवादी पार्टीले समानुपातिकमा तीन सिट पाएको छ । त्यस्तै तराई मधेस सद्भावना पार्टीले निर्धारित समयमै समानुपातिक सूची बुझाउने जनाएको छ ।

0 comments
तपाईंको प्रतिकृया