Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
सभासद चयनमा चरम असन्तुष्टी

एमाओवादीमा कुटाकुट
बुटवल १७ पुस – समानुपातिक तर्फको सभासद चयनमा राजनितीक दलहरु भित्र विवाद देखिएको छ । नेपाली कांग्रेस एमाले र एमाओवादी पार्टी भित्र चरम असन्तुष्टीका श्वरहरु वाहिर आएका छन । संविधान सभाको निर्वाचनवाट तेश्रो ठूलो दलमा सिमित हुन पुगेको एमाओवादी भित्र कुटाकुट भएको छ । भने कुनै पाटीृ विभाजनको चरणमा पुगेका छन । नेपाली कांग्रेसमा असन्तुष्टीका स्वर केही कम सुनिए पनि एमालेमा असन्तुष्टीको श्वर सतहमा आईपुगेको छ । एमाअ‍ोवादीमा अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डले एक लौटी रुपमा सुचि तयार गरेको भन्दै नारायणकाजी श्रेष्ट र डा वावुराम भट्टराई पक्ष असन्तुष्ट भएका छन ।  सोमबार एमाओवादीले निर्वाचन आयोगमा बुझाएको ५४ जना सभासदको सूचीमा भट्टराई पक्षका तीन र श्रेष्ठ पक्षका दुईमात्र व्यक्ति समावेश गरिएको छ।
 पछिल्लो जानकारीअनुसार कालिकोटबाट निर्वाचित सभासद महेन्द्रबहादुर शाहीसहित एकदर्जन केन्द्रीय र जिल्लास्तरीय नेताहरुले आफ्नो पदबाट राजिनामा दिएका छन्। उता एमाओवादीका अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता डा। बाबुराम भट्टराई पक्षका कार्यकर्ताबीच बुधबार वीरगंजमा झडप भएको छ । पार्टीले चयन गरेको समानुपातिक सभासदका विषयमा केन्द्रमा रहेको विवादका कारण झडप भएको हो ।

सूचीको विरोधमा बरिष्ठ नेता भट्टराई पक्षधरले स्थानीय होटलमा आयोजित पत्रकार सम्मेलनको क्रममा झडप भएको हो । पत्रकार सम्मेलन चलिरहदा अध्यक्ष पक्षका कार्यकर्ताले आक्रमण गरेका थिए । झडपमा परी केही पत्रकार सहित एक दर्जन एमाओवादी कार्यकर्ता घाइते भएका छन् ।

0 comments

तपाईंको प्रतिकृया