Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
नेपाललाई फ्री वाइफाइ जोन बनाईने

काठमाडौँ  १७ पुस – सूचना तथा सञ्चार मन्त्रालयले नेपाललाई निःशुल्क इन्टरनेट सेवा ९फ्री वाइफाइ जोन० युक्त मुलुक बनाउन आवश्यक सम्भाव्यता अध्ययनका लागि एक कार्यदल गठन गरेको छ ।

नेपाललाई फ्री वाइफाइ जोनका रूपमा विकास गर्ने सूचना तथा सञ्चारमन्त्री माधव पौडेलको घोषणाअनुरूप मन्त्रालयले सो कार्यदल गठन गरेको हो । नेपाल दूरसञ्चार प्राधिकरणका सदस्य महेश अधिकारीको संयोजकत्वमा गठित कार्यदलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्राविधिक उपसचिव, राष्ट्रिय योजना आयोगका प्राविधिक उपसचिव, विज्ञान तथा प्रविधि मन्त्रालयका प्राविधिक उपसचिव, सूचना तथा सञ्चार मन्त्रालयका प्राविधिक उपसचिव र त्रिभुवन विश्वविद्यालयका सम्बन्धित विषयका विज्ञ छन्। मन्त्रालयका अनुसार सो कार्यदलको सदस्य सचिवमा नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक आनन्दराज खनाल छन्।

कार्यदलले कार्य सुरु गरेको ३० दिनभित्र नेपाललाई फ्री वाइफाइ जोनका रूपमा विकास गर्ने सम्बन्धमा आफ्नो राय र सुझाव सहितको प्रतिवेदन पेस गर्नेछ । कार्यदललाई मुलुकलाई फ्री वाइफाइ जोनका रूपमा विकास गर्न सम्भाव्यता अध्ययन गरी त्यसका लागि आवश्यक पर्ने आर्थिक तथा प्राविधिक स्रोत साधनको विश्लेषणसमेत गरी आवश्यक सुझाव पेस गर्ने अधिकार दिइएको छ । रासस

0 comments

तपाईंको प्रतिकृया