एमाओवादी सरकारमा नजाने
काठमाडौं, २७ पुस – एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी प्रतिपक्षमा बस्ने स्पष्ट पारेका छन् ।
कांग्रेस सभापति सुशिल कोइरालासँगको छलफलको क्रममा प्रचण्डले आफ्नो पार्टी सरकारमा नजाने प्रष्ट पार्दै कांग्रेसलाई तत्काल सरकारको नेतृत्व गर्न सुझाव दिएका हुन ।
‘एमाओवादी सरकारमा जाँदैन’ प्रचण्डको भनाइलाई उद्धृत गर्दै एमाओवादी प्रबक्ता अग्नी सापकोटाले भने,‘ कांग्रेसले तत्काल सरकारको नेतृत्व लिएर अगाडि बढे हुन्छ । ’
एमाओवादीमा सरकारमा नजाने विषयमा पार्टीभित्र एकमत रहेको उनको भनाई छ । पार्टी प्रबक्ता सापकोटाले नियमित पत्रकार भेटघाट कार्यक्रममा पार्टीले सरकारबाहिर बसेरै एक वर्षभित्र संविधान निर्माण गर्ने काममा भुमिका खेल्ने बताए । प्रचण्ड र कोइरालाबीच भएको टेलिफोन संवादका क्रममा प्रचण्डले कांग्रेसलाई एमालेसँग सरकार बनाउन अनुरोध गर्दै एमाओवादी जिम्वेवार प्रतिपक्षमा बस्ने जानकारी गराएका थिए ।


0 comments
तपाईंको प्रतिकृया