रुपन्देही उद्योग संघमा चुनावी माहोल
बस्याल र पियाको नेतृत्वमा छुट्टा–छुट्टै प्यानल
सुपरखबर संवाददाता
बुुटवल २८ पुस ।
संविधान सभाको निर्वाचनलाई नै प्रभाव पार्ने गरी उद्योगीहरु चुनावीमा होमिएपछि रुपन्देहीका प्रमुख जिल्ला अधिकारीकोे आदेशमा स्थगित भएको रुपन्देही उद्योग संघको अधिवेशनले फेरी चर्चा पाउन थालेको छ ।
एमाले भित्रका उद्योगीहरु नै विभाजित भएपछि त्यसको असर संविधान सभाको निर्वाचनमा देखिने निश्चित भएपछि एमालेको दवावमा प्रमुख जिल्ला अधिकारी वालकृष्ण पन्थिले गत असोज ९ गते अधिवेशन रोक्न निर्देशन दिएका थिए । स्थगित भएको निर्वाचन सोमवार देखी शुरु हुने भएपछि उद्योगीहरुमा चुनावी चहलपहल वढेको हो । एक साता अघिदेखी नै संघमा आवद्ध भएका उद्योगीहरुमा चुनावी सरगर्मी बढेको छ ।
रुपन्देही उद्योग संघको३५ औ वार्षिक साधारणसभा तथा १८ औ अधिवेशनवाट नेतृत्व हात पार्न दुई छुट्टा छुट्टै प्यानल तयार गरी चुनावमा होमिएका छन ।
नेकपा एमालेको एक टोली नेपाली कांग्रेस निकटका उद्योगी वोनिन पियालाई समर्थन गर्दे प्यानल तयार गरेका छन । एमालेकै अर्काे टोलीले रामप्रसाद बस्यालको नेतृत्वमा अर्काे प्यानल तयार गरी चुनावमा होमिएको छ । बस्यालको प्यानललाई संघका पुर्व अध्यक्ष एजाज आलकको समर्थन मात्र होईन प्रचार प्रसार मै होमिएका छन ।
हालका एशोसिएट सदस्य कोहिनुर मेटल उद्योगका संचालक राम प्रसाद बस्यालको प्यानलमा वरिष्ट उपाध्यक्ष पदमा दिनेशराज रेग्मी , उपाध्यक्षमा गणेश प्रसाद अधिकारी, महासचिवमा बाबुराम बोहरा, कोषाध्यक्षमा नारायण प्रसाद भण्डारी, सचिवमा माधव प्रसाद पौडेल, सह–कोषाध्यक्षमा लोक बहादुर खत्री लगायतको २१ सदस्यीय प्यानल चुनावी मैदानमा छ ।
त्यसै गरी हालका वरिष्ठ उपाध्यक्ष वोनिन पियाको नेतृत्वमा वरिष्ट उपाध्यक्षमा नरेश कुमार श्रेष्ठ, उपाध्यक्षमा नवराज कु“वर , महासचिवमा विष्णुकुमार श्रेष्ठ, कोषाध्यक्षमा दिलीप सापकोटा सचिवमा कृष्ण प्रसाद पराजुली, सह–कोषाध्यक्षमा राजेन्द्र कार्की, लगायतको प्यानल तयार गरी चुनावीमा होमिएको छ । चुनावको माहोल संघमा मात्र होईन मिडियामा पनि छाएको छ । चुनावमा होमिएका ति उद्योगीले स्थानिय मिडियामा महगो प्रचार गरिरहेका छन । सामाजिक संजाल फेसवुकमा समेत छुट्टा छुट्टै प्यानलका प्रचार–प्रसार देखिएको छ ।

0 comments
तपाईंको प्रतिकृया