Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
‘उद्योगको विकासको लागी औद्योगिक ऐनको अभाव’

बुुटवल २९ पुस– औद्योगिक ऐनको अभावमा नेपालका उद्योगीले समस्या भोगिरहेको यहा“का उद्योगी व्यवसायीहरुले बताएका छन ।   मुलुकको आर्थिक विकासको आधार उद्योग व्यवसाय भएपनि सरकारले उद्योग क्षेत्रलाई वुझन नसकेको उनिहरुको भनाई छ । उनिहरुले उद्योगको विकासको लागी नया“ औद्योगिक क्षेत्र विस्तार गरिनु पर्नेमा जोड दिए ।
रुपन्देही उद्योग संघको ३५ औ साधारणसभा तथा १८ औ अधिवेशनको सोमवार वुटवलमा भएको उद्घाटन कार्यक्रममा उनिहरुले राजनितीक अस्थिरता  उर्जा संकट , श्रम समस्या , औद्योगिक ऐनको अभावले  आर्थिक विकासमा असर पुराएको उनिहरुको भनाई छ ।
कार्यक्रमा संघका पुर्व अध्यक्ष प्रद्युम्नलाल श्रेष्ठले औद्योगिक क्षेत्रको अभावमा उद्योगीले चाहेर पनि उद्योगमा लगानी गर्न नसकेको बताए । संघका निवर्तमान अध्यक्ष एवं नेपाल उद्योग परिसंघका सदस्य तथा एजाज आलमले स्थापना काल देखी नै उद्योग संघ उद्योगीहरुको समस्याको वारेमा आवाज उठाएको वताउदै समस्याको समाधानमा पनि उद्योगीहरु आफै लागिपरेको वताए ।
संघका अध्यक्ष तेजकुमार पाठकको अध्यक्षता सचिव वावुराम वोहराको संचालनमा भएको अधिवेशनको उद्घाटन कार्यक्रममा स्थानिय विकास अधिकारी पेशल कुमार पोख्रेल, संघका भुतपुर्व अध्यक्ष नारायणदत्त प्रधान, वुटवल नगरपालिकाका कार्यकारी अधिकृत  वावुराम गौतम, एमालेका जिल्ला अध्यक्ष भोजप्रसाद श्रेष्ठ,  एमाओवादीका राज्य समिती सदस्य यज्ञ पोख्रेल,  पुरस्कृती पत्रकार द्धय हरिष ढकाल विष्णु घिमिरे लगायतले बोलेका थिए ।
 संघका महासचिव गणेश प्रसाद अधिकारीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक उन्नतीको लागी औद्योगिक विकास आवश्यक रहेको बताए । नविनतम औद्योगिक विकास सहकारी स्थापना गरेर त्यसैको माध्ययमवाट सिक्टहन गाविसमा औद्योगित क्षेत्र स्थापना गर्न लागिएको संघले जनाएको छ । सो अवसरमा ओद्योगिक पत्रकारिता पुरस्कारवाट नेपाल टेलिभिजनका संवाददाता हरिष ढकाल र नया“ पत्रिकाका वुटवल क्षेत्रिय प्रमुख विष्णु घिमिरे सम्मानित भएका थिए । अधिवेशनले नया“ नेतृत्व चयन गर्नेछ ।


0 comments

तपाईंको प्रतिकृया