Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
अध्यक्षमा पोख्रेल निर्विरोध

बुटवल, ३ माघ  । रुपन्देही व्यापार संघको १२ औं वार्षिक साधारणसभा तथा सातौं अधिवेशन शनिबार हु“दैछ ।
अधिवेशनको उद्घाटन गृहमन्त्री माधव घिमिरेले गर्ने संघले जनाएको छ । अधिवेशनका क्रममा भएको निर्वाचन प्रक्रियामा प्रमुख पदमा एकल उम्मेद्वारी परेकाले नेतृत्व निर्विरोध चयन भएको छ । दुई वर्षे कार्यकालका लागि अध्यक्ष पदमामा श्रीकृष्ण पोखरेल,प्रथम उपाध्यक्षमा मोतीलाल पाण्डे, महासचिवमा डिल्लीराज भण्डारी र कोषाध्यक्षमा कृष्ण प्रसाद घिमिरे निर्विरोध भएको निर्वाचन समितिले जनाएको छ । द्वितीय उपाध्यक्ष, सचिव तथा सदस्यहरुमा भने निर्विरोध हुन सकेको छैन । द्वितीय उपाध्यक्षमा यमलाल लोहनी र पदम प्रसाद श्रेष्ठको उम्मेद्वारी परेको छ । यस्तै सचिवमा प्रकाश ढकाल, ज्योती भण्डारी र बैकुण्ठ कोइरालाको उम्मेद्वारी परेको छ । सम्बद्ध सदस्यमा सुनचा“दी क्षेत्रबाट किशोरकुमार सुनार निर्विरोध
भएको जनाइएको छ ।
 बा“की १६ खुला सदस्यका लागि ३५ जनाको उम्मेद्वारी परेको छ । शनिबार बिहान ९ बजेसम्म सहमति नभएमा बा“की पदका लागि मतदान हुनेछ । संघमा शाखा प्रतिनिधिहरु चयन भैसकेका छन् । देवदह शाखा प्रतिनिधिमा रुद्रमान ढकाल चयन भैसकेका छन् । यस्तै फर्साटिकरमा केशव प्रसाद अधिकारी, मणिग्राममा यमदत्त शर्मा, पर्रोहामा प्रेमबहादुर खड्का र सालझण्डीमा रणबहादुर खनाल चयन भएका छन् । शाखा प्रतिनिधिहरु स्वतः कार्यसमितिमा रहने व्यवस्था संघको विधानले गरेको छ । शाखा प्रतिनिधिहरु आ–आफ्नो क्षेत्रबाट चुनिएका हुन् । संघमा हाल २२ सय ८१ व्यवसायी आवद्ध छन् ।

0 comments

तपाईंको प्रतिकृया