जिल्ला लिग फुटवल प्रतियोगिताको तयारी पूरा
बुटवल, २ माघ । जिल्ला फुटवल संघ रुपन्देहीको आयोजनामा (भोली) शुक्रबारदेखि बुटवलमा जिल्ला स्तरिय रेडबुल लिग फुटवल प्रतियोगिता—२०७० हुने भएको छ ।
बुटवल १३ देबिनगर स्थित एन्फा एकेडेमीको खेल मैदानमा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजकले बिहिबार खेल मैदानमै पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएका छन् ।
जिल्ला फुटवल संघ अन्तर्गत रहेका १८ क्लव मध्ये १७ वटा क्लवले लिगमा सहभागिता जनाउने जिल्ला फुटवल संघका अध्यक्ष दीर्घ बहादुर केसी ‘कुमार’ले जानकारी दिए । उनले रुपन्देहीमा फुटवलको राम्रो सम्भाबना रहेको भन्दै खेललाइ ब्यस्थित गर्नका लागि निरन्तर लागिरहने बताए ।
शुक्रबार १ बजे हुने उद्घाटन खेलमा डिएमसि र लुम्बिनी स्पोट्स क्लवका बिचमा प्रतिस्प्रर्धा हुनेछ । माघ २२ गतेसम्म संचालन हुने खेलको बिजेता क्लवले क्षेत्रिय लिगमा प्रतिस्प्रर्धा गर्ने मौका पाउने छ भने जिल्लाले खेललाइ प्रोत्साहनका लागि बिजेतालाइ नगद २० हजार तथा प्रमाणपत्रको ब्यबस्था गरेको छ । त्यस्तै उपबिजेतालाई नगद १० हजार र प्रमाणपत्र दिइने फुटवल संघका महासचिब लोक पुनले बताए । जिल्ला लिगमा सहभागि क्लवहरुलाई चार समूहमा बिभाजन गरि खेलाइनेछ । फुटवल संघले जिल्ला लिग सकेपछि क्षेत्रीय लिग तथा तिलोत्तमा गोल्ड कप पनि आयोजना गर्ने तयारी गरेको जनाएको छ । लिग चरणका लागि १ लाख भन्दा बढि खर्च लाग्ने र ५० हजार रेडबुलले बेर्होने छ । लिग अबधिभर खेल मैदानमा आयोजकले एयरनेटबाट निशुल्क इन्टरनेटको सुबिधा उपलब्ध गराउने जनाएका छन् । लिगमा डिएमसि, लुम्बिनी स्पोट्स, झरना, रिकोभरी, नवयुवा, क्रिस्टिन, लिस्नु, सिम्रीक, माछापुच्छ्रे, गोर्खा ब्वाइज, सुनौलो संगम, अमर ज्योति, कालिका, इन्टर स्पोट्स, भू.पू शैनिक, सयपत्री, सौभाग्य क्लवका बिचमा प्रतिस्प्रर्धा हुनेछ । यस अघिको जिल्ला लिगमा सिम्रिक बिजेता तथा लिस्नु उपबिजेता बनेको थियो ।

0 comments
तपाईंको प्रतिकृया