Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
एमालेको महाधिवेशन वैशाख ९ देखि काठमाडौंमा

काठमाडौं २८ पुस। नेकपा एमालेको नवौं महाधिवेशन आगामी वैशाख ९ गतेदेखि काठमाडौंमा हुने भएको छ ।
एमाले स्थायी कमिटीको आइतबार बसेको बैठकले नेपाल कम्यूनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर वैशाख ९ महाधिवेशन उद्घाटन गर्ने निर्णय गरेको हो । यसअघि केन्द्रीय सचिवालयले महाधिवेसन बैशाख ११ देखि पोखरामा गर्ने प्रस्ताव गरेको थियो ।
महाधिवेशन ५ दिन अर्थात वैशाख १३ गतेसम्म चल्नेछ । स्थायी समितिको निर्णय अनुमोदन तथा महाधिवेशनसम्वन्धी सम्पूर्ण तयारीको लागि माघ दोस्रो हप्ता बस्ने केन्द्रीय समितिले आवश्यक निर्णय गर्ने बताईएको छ ।
महाधिवेशनअघि विधान संशोधनका लागि राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक गर्ने पूर्वनिर्णय भने परिर्वतन भएको छ । विधान संशोधन र नेतृत्व चयन महाधिवेशनले गर्नेछ । अध्यक्ष झलनाथ खनाल नेतृत्वको ५ वर्षे कार्यकाल फागुनमा पूरा हुँदैछ । नयाँ नेतृत्वका लागि अध्यक्ष खनालसँगै वरिष्ठ नेता माधवकुमार नेपाल र केपी शर्मा ओलीले आकांक्षा देखाएका छन् । एमालेको ८ औ महाधिवेसन बुटवलमा भएको थियो । 

0 comments

तपाईंको प्रतिकृया