Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
जनताको मन जितेर काम गर : श्रेष्ठ

बुटवल, ३ माघ  –  संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव सान्तबहादुर श्रेष्ठले स्थानिय निकायका कर्मचारीहरुलाई जनताको मन जितेर काम गर्न निर्देशन दिएका छन ।  उनले छिटोछरितो र पारदर्शी ढंगले काम गर्न  कर्मचारीहरुलाई निर्देशन दिएका हुन । 
शुक्रबार बुटवल नगरपालिकामा सम्पन्न क्षतीपूर्ती सहितको परिमार्जित नागरिक वडापत्र सार्वजनिकीकरण कार्यक्रममा उनले जननिर्वाचित प्रतिनिधीको अभाव नखड्कने गरी सेवाग्राहीलाई सन्तुष्टी दिएर काम गर्नु पर्ने बताए ।
बुटवल नगरपालिकाका कार्यकारी अधिकृत बाबुराम गौतमको अध्यक्षता, योजना अधिकृत रामप्रसाद अर्यालको सञ्चालनमा सम्पन्न कार्यक्रममा नगरपालिकाका वरिष्ठ अधिकृत विष्णु खनालले नागरिक वडापत्रबारे जानकारी दिएका थिए । 
प्रकृया पुरा गरे पनि नगरपालिकावाट दिईने सुविधा नपाएमा सेवाग्राहीलाई न्युनतम एक दिनको ज्याला र अधिकतम ५ हजार रुपैयां  क्षतीपूर्ती उपलव्ध गराउने बुटवल नगरपालिकाले जनाएको छ ।

0 comments

तपाईंको प्रतिकृया