Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
जिप दुर्घटनामा तीनको मृत्यु

स्याङ्जा ४ माघ । स्याङ्जाको मल्याङकोट दार्सिङबाट वालिङतर्फ आउादै गरेको ग१ज ४२१२ नम्बरको जिप शनिबार बिहान वालिङ नगरपालिका-६ लालुपातेमा दुर्घटना हुदा दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा अरु ४१ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार मृत्यु हुनेमा मल्याङकोट गाविस-३ का साइाला गुरुङ र पाल्पा सिलुवा-१ का चार वर्षीय  विवश नेपाली रहेका छन् । क्षमताभन्दा बढी यात्रु लिएर आएको जिप ग्रामीण सडकमा अनियन्त्रित भएर सडकबाट करिब ६० मिटर तल खसेको जिप्रकाका प्रमुख प्रहरी नायब उपरीक्षक आभूषण तिम्सिनाले बताए ।

दुर्घटनामा घाइते भएकाहरुलाई प्राथमिक स्वास्थ्य केन्द्र वालिङ तथा पोखराका विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको बताइएको छ । घटनाको विस्तृत विवरण भने अझै आउन बाँकी छ । सिमसिम पानी परिरहेकाले घाइतेहरुको उद्धारमा निकै कठिन भएको प्रहरीले जनाएको छ ।

त्यसैगरी बैतडीमा जिप दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ । घटनामा ६ जना घाईते भएका छन् । गिरेगडा गाविसको कच्ची सडक अन्तर्गत भिटामा गयराती महाकाली यातायातको ग १ ज ४७७२ नम्बरको जिप दुर्घटना हुँदा जिप चालक भुमेश्वर-९ चिल्लेपानीका जयबहादुर ऐरको मृत्यु भएको हो ।

घाइते ६ जनाको जिल्ला अस्पताल बैतडीमा उपचार भईरहेको छ । घाईतेहरुमा ३८ वर्षीय गोरखसिंह भाट, २५ वर्षीय हरिश भट्ट, ३० वर्षीय जनक चन्द, १६ वर्षीय लोकेन्द्र बहादुर चन्द, १४ वर्षीय शंकरराम लुहार र २१ वर्षीय हेमन्त भट्ट रहेका छन् । जिपमा चालकसहित ७ सवार थिए । जिय सडकभन्दा ४ सय मिटर तल भिरमा खसेको प्रहरीले जनाएको छ । रासस

0 comments

तपाईंको प्रतिकृया