मिस बुटवलमा ३० जना छनोट
बुटवल फेसन डटकम र एस अर एस प्रालिको आयोजनमा शुरु भएको प्रतियोगिताको अडिसन राउण्डमा ३८ जनाले सहभागिता जनाएका थिए । उनीहरु मध्येबाट ३० जना छनोट गरिएको बुटवल फेसन डट कमका सिजन हितानले बताए ।
अडिसनमा छनोट भएको किशोरीलाई कोरियोग्राफार डोब्गा तमुस्योले प्रस्तुति कला, व्यक्तित्व र नेतृत्व विकास क्षमता, क्याटवाक लगायतका विषयमा दुई हप्तासम्म प्रशिक्षण दिएपछि माघ २० गते फाइनलमा उतारिने छ ।
करिब साढे ९ लाख खर्च लाग्ने बताइएको प्रतियोगिताको विजेताले २५ हजार,उपविजेताले १५ र तेस्रो हुनेले १० हजार नगद पुरस्कार सहित म्युजिक भिडियोमा खेल्न पाउने अवसर समेत पाउने एस अर एस प्रालिका प्रबन्ध निर्देशक अमृत बन्जाडेले बताए ।

0 comments
तपाईंको प्रतिकृया