समावेशीका पत्रकार तथा कर्मचारी आन्दोलित
बुटवल, २४ पुस – आदिवासी जनजाति न्यायका लागि संचार अभियानद्वारा सञ्चालीत बुटवलमा रहेको सामुदायिक रेडियो समावेशी १०५ मेगाहर्जमा कार्यरत पत्रकार तथा कर्मचारीहरुले कार्यालयमा शान्ति सुरक्षाको नभएको भन्दै चरणबद्ध आन्दोलनको घोषणा गरेका छन् ।
वर्षेदेखी विना तलवकाम गर्दा पनि सम्मानजनक काम गर्ने वातावरण नभएको उनिहरुले वताएका छन । विभिन्न ५ बुंदे माग राख्दै चरणबद्ध आन्दोलनमा रहेका कर्मचारीहरुले आज बुटवलमा पत्रकार सम्मेलन गरी रेडियोमा तालाबन्दी गर्नेसम्मका संघर्षका कार्यक्रमहरु सार्वजनीक गरेका हुन् ।
संघर्ष समितिका संयोजक प्रेम थापाका अनुसार कार्यालयमा कर्मचारीलाई शान्ति सुरक्षाको ग्यारेण्टी हुनुपर्ने, पुराना तथा हाल कार्यरत कर्मचारीहरुलाई दिनुपर्ने तलब तथा भत्ता बापतको रकम तत्काल भुक्तान गर्नुपर्ने, कर्मचारीलाई नियुक्ति पत्र तथा परिचय पत्रको व्यवस्था गर्नुपर्ने तथा श्रमजिवी एन अनुसार न्युनतम पारीश्रमिकको व्यवस्था हुनुपर्ने गरी ५ बुंदे माग सहित संघर्षको घोषणा गरिएको छ ।
संघर्षका कार्यक्रम अन्तरगत पौष २५ गते ५ बुंदे माग सहितको ज्ञापन पत्र रेडियो सञ्चालक समितिमा बुझाउने तथा पत्रकार महासंघमा घटनाबारे छानविनका लागि निवेदन पेस गर्ने । पौष ३० गते रेडियोबाट प्रसारण हुने सम्पूर्ण समाचार तथा कार्यक्रमहरु बन्द गर्ने, माघ ५ गतेदेखि प्रशासन शाखामा तालाबन्दी गर्ने तथा माघ १० गते रेडियोमा तालाबन्दीग गर्ने कार्यक्रम रहेको संयोजक थापाले बताए । चरणबद्ध संघर्षपछि पनि मागको सुनुवाई नभए थप कडा संघर्षका कार्यक्रम सहित अगाडि बढ्ने उनले जानकारी दिए ।

0 comments
तपाईंको प्रतिकृया