औद्योगिक विकासको वाधक उर्जाः पौडेल
बुटवल, १७ माघ । नेकपा एमालेका सचिव विष्णु प्रसाद पौडेलले एक वर्षभित्र संविधान वन्ने दावी गरेका छन । उनले एक वर्ष भित्रै नया संविधान जारी हुने वताउदै संविधानसभा फेरी पनि असफल हन्छु भन्नेमा आशंका नगर्न आग्रह गरे ।
रुपन्देही उद्योग संघकोे शुक्रवार भएको पदस्थापन कार्यक्रममा उनले भने– कुनै आशंका नगर्नुस पहिलाको संविधानसभा असफल भयो ,अहिलेको हुदैन ।’ उनले संविधान जारी भएपछि मूलूकमा राजनितिक स्थायित्व बताए ।
आर्थिक विकासका लागि औद्योगिक क्षेत्रको विकास जरुरी रहेको बताउदै पूर्वमन्त्री समेत रहेका पौडेलले औद्योगिक विकासको वाधक उर्जा भएको बताए ।
संघका नव निर्वाचित अध्यक्ष बोनिन पियाले उद्योगको विकास र उद्योगिको हितका लागि निरन्तर लाग्ने प्रतिवद्धता व्यक्त गरे । सो अवसरमा नेपाली कांग्रेसका नेता एवं पूर्व सांसद सूर्य प्रसाद प्रधान, नेकपा एमालेका रुपन्देही अध्यक्ष भोजप्रसाद श्रेष्ठ, नेपाली कांग्रेसका बुटवल नगर सभापति खेलराज पाण्डे, संघका भूपू अध्यक्ष डम्वर देव अर्याल, निर्वतमान अध्यक्ष तेजकुमार पाठक, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र श्रेष्ठ,रुपन्देही व्यापार संघका अध्यक्ष श्रीकृष्ण पोखरेल, पश्चिम नेपाल वस व्यवसायी संघका अध्यक्ष दधिराम खरेल, नेपाल उद्योग परिसंघका सदस्य एजाज आलम, वरिष्ठ उपाध्यक्ष दिनेशराज रेग्मी, संघका उपाध्यक्ष गणेश अधिकारी, प्रमुख निवार्चन आयुक्त यमलाल खनाल लगायतले वोलेका थिए ।


0 comments
तपाईंको प्रतिकृया