Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
ठेला व्यवसायीद्धारा आन्दोलनको घोषणा, माग पुरा नभए आत्मदाह गर्ने चेतावनी

 

बुटवल, १८ पुस । रुपन्देहीका ठेला व्यवसायी फेरी आन्दोलनमा उत्रने भएका छन ।  स्थानीय निकायले आफ्ना मागको  सुनुवाइ नगरको भन्दै उनिहरुले चरणबद्ध आन्दोलनको घोषणा गरेका हुन ।

विगत सात महिनादेखि आन्दोनल गर्दै आएका ठेला व्यवसायी समितिले बिहीबार बुटवलमा पत्रकार सम्मेलन गरी चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् ।

आगामी पुस २४ गते, नेकपा एमाले अञ्चल पार्टी कार्यालयमा धर्ना तथा सबै राजनीतिक दलका पार्टी कार्यालयमा ज्ञापन पत्र बुझाउने, २५ गते, बुटवल नया“ बसपार्क अगाडि देखि सिठी जुलुस सहित नगरपालिकामा कोणसभा गर्ने, २६ गते, नया“ बसपार्कबाट खाली थाल सहित नगरपालिकामा दिनभर धर्ना दिने, २८ गते, ठेलागाढा सहित बुटवल बजार परिक्रमा गरी नगरपालिका अगाडि कोण सभा गर्ने, २९ गते,बसपार्कबाट जुलुस सहित नगरपालिकामा आफ्ना समितिका सदस्यका बालबच्चाहरु पालनपोशण गर्न नगर प्रमुखलाई जिम्मा लगाउने, र ३० सम्पूर्ण ठेला गाढा बन्द गरी बुटवल कृषि उपज तथा थोक बजार केन्द्रबाट कुनै पनि कृषिजन्य फलफुल खरिद विक्री नगर्ने कार्यक्रम रहेको समितिका अध्यक्ष मोतिलाल कंडेलले जानकारी दिए ।

उनले माग पुरा नभए माघ ३ गतेदेखि दैनिक रुपमा नगरपालिकामा रिले अनसन गर्ने बस्ने चेतावनी दिए । नगरपालिका र ट्राफिक प्रहरीले ८ सय व्यवसायीकोे बाच्ने आधार खोसेको बताउदै नगरपालिका अगाडि आत्मदाह सम्म गर्न पछि नपर्नेे चेतावनी दिए । 

समितिका सचिव शेषकान्त नेपालीले यस क्षेत्रबाट विजयी सभाषद् विष्णु पौडेलले आफूहरुको माग पूरा गर्ने प्रतिबद्धता जनाइसकेको भन्दै उनले आफूहरुको माग सम्बोधन गरेर छाडनुपर्ने बताए । सडक छेउछाउमा व्यवसाय गर्न नदिएपछि ठेला व्यवसायीहरुले इलाका वन अगाडि, डिभिजन सडक कार्यालय र अन्य मूख्य सडक क्षेत्र अन्तरगतको उपयोग विहिन जग्गामो व्यवसाय गर्ने पाउनुपर्ने माग राख्दै आएका छन्

0 comments

तपाईंको प्रतिकृया