Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
‘एसएलसी टेष्ट’ परीक्षा रोक्न निर्देशन

काठमाडौं ६ माघ । सरकारी नीति विपरीत विभिन्न जिल्लामा निजी संस्थागत विद्यालयबाट गराइएको एसएलसी टेष्ट सेन्टअप) परीक्षा रोक्न सरकारले निर्देशन दिएको छ ।
टेष्ट परीक्षालाई जिल्लास्तरीय परीक्षासरहको मान्यता दिई विद्यार्थीसाग शुल्क उठाई उत्तीर्ण र अनुत्तीर्ण गराउने गरी सञ्चालन नगर्न सरकारले निर्देशन दिएको हो ।

शिक्षा मन्त्रालयका प्रवक्ता महाश्रम शर्माले विद्यालयहरूले आन्तरिक मूल्याङ्कनको प्रयोजनका लागि शुल्क नलिई तथा उत्तीर्णरअनुत्तीर्ण नगराउने गरी मात्रै त्यस्तो परीक्षा सञ्चालन गर्न सक्ने बताए । उनले यसबारे शिक्षा विभागमार्फत् सबै जिल्ला शिक्षा कार्यालयमा निर्देशन दिइएको जानकारी दिए । तर कतिपय निजी विद्यालयले निर्देशनको अवज्ञा गरी यस्तो परीक्षा सञ्चालन गरिरहेको पाइएको अभिभावक सङ्घ नेपालका अध्यक्ष सुप्रभात भण्डारीले बताए ।
अध्यक्ष भण्डारीले सोमबार विभागमा बसेको केन्द्रीय शुल्क निर्धारण समितिको बैठकमा पनि यस विषयमा गम्भीर छलफल हुादा हाल लिइरहेको टेष्ट परीक्षा वैधानिक नभएको तथा यसका नाममा उठाइएको शुल्क कानुनविपरीत रहेको ठहर गरेको बताए ।

उनले सरकारले नीति र निर्देशनलाई कडाइका साथ कार्यान्वयन गर्नसक्नुपर्ने या विद्यालयलाई परीक्षा सञ्चालन गर्न दिनुपर्ने धारणा राखे । रासस

0 comments

तपाईंको प्रतिकृया