लुम्बिनी बिकास कोषमा अनियमिता भएको प्रारम्भिक निष्कर्ष
कमल रायमाझी
भैरहवा,७ माघ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रिय कार्यालय पोखराले सोमवार लुम्बिनी बिकास कोषमा छापा मार्दा अनिमियता भएको ठहर गरेको छ ।
प्रसासनीक, निमार्ण तथा लेखा तर्फ आर्थीक अनियमिता भएको उजुरीको आधारमा छापामार्न लुम्बिनी पुगेको अख्तियार टोलिले बिहान ११ बजे कोषको कार्यालयमा छापा मारेको हो ।
छापा मार्न पुगेका अख्तीयारका कर्मचारी बिकास कोषको कार्यालय अव्यवस्थित रुपमा सञ्चालनमा रहेको देखेपछि झस्कीएको बताएका छन् । कोषको कार्यालय खुल्ले थियो तर कर्मचारी बिहिन, सोमवार कुनै सार्वजनीक बिदा पनि थिएन । बिकास कोषको कुनै बिशेस कार्यक्रम पनि थिएन ।
छानविनका लागी आवस्यक कागजात लिन अख्तियार पुग्दा लुम्विनी बिकास कोषका कर्मचारी कार्यालयमा नहुनु उनिहरुको लागी थप अनुसन्धानको बिषय बनेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रिय कार्यालय पोखराले जनाएको छ । हाल दुईसय कर्मचारी कार्यरत रहेको कोषमा दिनभर सुनसान देखे पछी अख्तीयारका कर्मचारीहरुले कोषमा बेथीती छ भन्ने कुरा स्पष्ट भएको जनाएका छन।
छानविनकालागी कोषमा गएको अख्तियारको टोलिले सोमवार दिनभर ईन्जीनीयर सरोज भट्टराई, लेखा अधीकृत भिम बस्नेत, सहायक स्टोर किपर गिरीराज गौतम, कार्यालय सहयोगी चन्दर लोध र गोविन्द पोखरेललाई मात्र कार्यालयमा भेटाएको थियो । अन्य कर्मचारी ४ बजेसम्म पनि कार्यालयमा नआएको जनाएको सो टोलिले जानाकारी दिएको छ ।
सवै कर्मचारी नभएकाले पुरै कागजात समेत अख्तियारले ल्याउन सकेको छैन् भने केही काजातहरु हेर्दा अनियमितताका आधारहरु भेटिएको अख्तियारले जनाएको छ । छानविनको प्रारम्भीक चरणमा हामी छौ, अख्तियार पश्चिम क्षेत्र प्रमुख दुर्गा पोखरेलले भन्नुभयो –पहीलो अध्यायनमै केही अस्वभाविक खर्चका तथ्यहरु भेटीएका छन् । उहाँका अनुसार कोषमा हुने ईन्धन खर्च, अतिथि सत्कार, सरसफाई, बुद्ध जयन्तीमा हुने खर्च आर्थिक ऐन नियम बिपरित देखिएको छ । उपस्थित नभएका कर्मचारीलाई कार्वाहीको दायरमा ल्याइन्छ । कोषमा कार्यरत कर्मचारी मात्र होइन जिम्मेवार कार्यसमितिका उपाध्यक्ष,कोषाध्यक्ष र सदस्य सचिव समेत थिएनन् । १८ करोडको लागतमा निमार्ण हुन लागेको सुचना केन्द्र, युनिटी ब्लक लगायतका काजजात पनि अख्तीयारले लिएको छ । निमार्णको क्रममा प्रक्रीया नपुर्याईएको तथा आर्थीक चहलखेल भएको आशंका गरीएको छ ।
कोषका सदस्य सचिव एवं प्रबक्ता अजीतमान तामाङले आफुहरु काठमान्डौ रहेको र नियम बिपरित उपस्थित नहुने कर्मचारीलाई कार्वाही गरिने जानाकारी दिए । उहाले अख्तीयारले मागेका कागज पत्र उपलब्ध गराईएको समेत बताए ।बिगतमा पनि लुम्बिनी बिकास कोषमा पटक पटक अनियमिताको गुनासाहरु आउने गरे पनि छानबिन गर्ने आट कसैले नगर्दा दोहोरिदै गएका थिए । बिश्वमा नै शान्तिको सन्देश दिहिरहेको लुम्बिनी जस्तो राष्ट्रिय गौरव बोकेको क्षेत्रमा सबै सचेत भएर नलागेमा राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा यसको छबि धमिलिन सक्ने देखिन्छ ।

0 comments
तपाईंको प्रतिकृया