Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
सहिद सप्ताह सुरु

काठमाडौं, १० माघ। राजनीतिक आन्दोलनका क्रममा आफ्नो जीवनको बलिदान गरेका सहिदहरुको सम्झनामा शुक्रवारवाट सहिद सप्ताह सुरु भएको छ । सहिदहरुको सम्झनामा प्रत्येक वर्ष माघ १० देखि १६ गतेसम्म सात दिन सहिद सप्ताह मनाउने गरिन्छ ।
माघ १० अर्थात आजकै दिन शुक्रराज शास्त्रीले अमरत्व प्राप्त गरेको स्थान टेकुको पचलीमा विशेष कार्यक्रम गरी श्रद्धाञ्जली दिइयो । तत्कालीन जहानिया राणा शासकले विक्रम सवतं १९९७ माघ १० गते शुक्रराज शास्त्रीलाई टेकु पचलीस्थित रुखमा झुन्डाएर मृत्युदण्ड दिएको थियो । यस्तै माघ १३ गते सिफलमा धर्मभक्त माथेमा तथा माघ १५ गते दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई शोभाभगवतीमा गोली हानी मृत्युदण्ड दिइएको थियो । माघ १६ गते ज्ञात तथा अज्ञात सहिदप्रति श्रद्धाञ्जलि अर्पण गर्नका लागि लैनचौरस्थित सहिद स्मारकमा विशेष कार्यक्रम गरिने छ ।

0 comments

तपाईंको प्रतिकृया