‘लगानी मैत्री वातावरणको अभाव’
बुटवल , २० पुस । लुम्बिनीमा प्रयाप्त लगानीका सम्भावना भएपनि लगानी मैत्री वातावरणको अभावमा प्रयाप्त लगानी हुन नसकेको बुटवलमा आयोजना गरिएको कार्यक्रममा सहभागिहरुले जोड दिएका छन ।
नेपाल उद्योग बाणिज्य महासंघ र बुटवल उद्योग बाणिज्य संघको आयोजनामा बुटवलमा भएको लुम्बिनीमा लगानीका सम्भावना बिषयमा आयोजाना गरिएको अन्तरक्रियामा सहभागीहरुले लुम्विनी क्षेत्रमा लगानी गर्न स्वदेही तथा विदेशी लगानीकर्ताहरु उत्सुक रहेपनि लगानीके वातावरण नभएको उनिहरुको भनाई छ ।
बिशेषगरी लगानीका लागि पर्यटन उद्योगमा गर्न सकिने बताउँदै यस क्षेत्रमा पर्यटनका सम्भावनाहरु प्रसस्त रहेकाले पनि लगानीको सम्भावना प्रवल रहेको राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. जगदिशचन्द्र पोखरलले बताए । उनका अनुसार पर्यटन संरक्षित क्षेत्रमा आधारित हुनु पर्ने र पर्यटनलाई लक्षित गरेर पर्यटकले खपत गर्ने कुराहरु र त्यसैसंग निर्यातपनि गर्न सकिने कुराको उत्पादनमा लगानी गर्ने हो भने त्यसले प्रतिफल पनि राम्रा दिन सक्छ ।
त्यस्तै यस क्षेत्रमा रहेका कच्चा पदार्थ प्रयोग गर्ने हो भने पनि केही उद्योगमा लगानी गर्न सकिन्छ । तर त्यस्ता उद्योगहरु के मा आश्रीत हुन्छन भने उनले खुलाएनन । त्यस्तैगरी उत्पादन केन्द्रदेखि बजार सम्म उत्पादिन बस्तुलाई पु¥याउनका लागि रहेको सडकलाई स्तर उन्नती गर्नु पर्ने पनि उनले औंल्याए ।
लुम्बिनी अञ्चलमा हुन सक्ने लगानीका सम्भाव्य क्षत्रहरु खोज्दै उद्योग, कृषि र पर्यटनमा छुट्टा छुट्टै कार्यपत्र प्रस्तुत गरिएको थियो । उद्योगका सम्भाव्यता पनि प्रयाप्त रहेको र त्यसका लागि राज्यको तर्फबाट उद्योगको बिकास र उद्योग स्थापनका लागि लगानीलाई अभिबृद्धि गर्दै औद्योगिक क्षेत्र, सडक लगायतमा लगानी गरिरहेको उद्योग मन्त्रालयका सचिव कृष्ण ज्ञवाली बताए । उनले पनि लुम्बिनीमा लगानी गर्नका लागि सम्भावना पनि प्रयाप्त रहेको र यस क्षेत्रको मनस्थिती पनि लगानीका लागि तयार देखिएकाले मन्त्रालय तहबाट हुन वातावरण निर्माण र पूर्वाधार निर्माणका लागि आफूहरु लागि परेको दावी गरे ।
नेपाल उद्योग बाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष भास्करराज राजकर्णीकार, बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष सुरेन्द्रप्रसाद श्रेष्ठले लगानीके वातावरण वनाउन राज्यसंग माग गरे ।
बाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव माधवप्रसाद रेग्मीले आयातको तुलनामा निर्यात ज्यादै कम भएकाले निर्यात योग्य बस्तु उत्पादनका लागि अहिले सरकारले जोड दिएको बताए । नेपाल निर्यात रणनीति १० ले पनि उत्पादन र बजारीकरण रणनीतिलाई जोड दिएको र वाणिज्य नीति २०६२ ले बिभिन्न बस्तुको उत्पादन र निर्यातलाई जोड दिएकाले पनि उत्पादनका सम्भावना बढ्दै गएको बताए ।
कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका ईकोनोमिक समितीका संयोजक कल्याणकृष्ण ताम्राकारले एक जिल्ला एक उत्पादन, उच्च मुल्यका बस्तुको उत्पादनमा महासंघले जोड दिएको जानकारी गराए ।

0 comments
तपाईंको प्रतिकृया