ठेला ब्यवसायीको आन्दोलन स्थगित
बुटवल, २४ पुस । रुपन्देही ठेला व्यवसायी समिति बुटवलले पुस २३ गते देखि २९ गते सम्म घोषणा गरेका सवै आन्दोलनका कार्यक्रमहरु स्थगित गरेको जनाएको छ ।
बैकल्पीक स्थानमा माग गर्दै ६ महिना देखि शान्तिपुर्ण आन्दोलन गर्दै आएका व्यवसायीहरुले बुधबार एक प्रेस विज्ञप्ती जारी गर्दै नगरपरिषदको बैठकलाई मध्यनजर गर्दै आन्दोलनका कार्यक्रमहरु स्थगित गरिएको अध्यक्ष मोतिलाल कंडेल द्वारा हस्ताक्षर विज्ञप्तीमा भनिएको छ ।
‘परिषद्को बैठक सम्पन्न भएपछि नगरपालिकाले बैठक डाकी समस्याको समधान गर्ने र अहिले सम्पुर्ण राजनितीक दलहरु बैठकमानै भएकाले आन्दोलनका कार्यक्रमहरु स्थगित गरेका हौ ।’ विज्ञप्तीमा भनिएको छ । यदि मागहरु सुनुवाई नभए माघ ३ गते देखि देखि पुर्व घोषित आन्दोलनका कार्यक्रमहरु गर्नेछौ ।’ व्यवसायीहरुले स्वोरोजगारीलाई बेरोजगार नबनाउन आग्रह गर्दै व्यवसाय सञ्चालनका लागि बैकल्पीक स्थानको माग गरिरहेका छन् । व्यवसायीहरु सडक विस्तारको क्रममा विस्थापित परेका हुन ।

0 comments
तपाईंको प्रतिकृया