सेवा बैंकको गोरुसिंगेमा एटिएम सेवा
बुटवल ११ माघ– बुटवलमा केन्द्रीय कार्यालय रहेको सेवा विकास बैंक लिमिटेडले गोरुसिंगे शाखामा एटिएम सेवा विस्तार गरेको छ ।
यससंगै बैंकको एटिएम संख्या ७ पुगेको छ । वि सं २०६३ फाल्गुण १३ गते स्थापना भएको उक्त बैंकले बुटवल, भैरहवा, कोटीहवा, खैरेनी, परासी तथा कावासोतीमा एटिएम सेवा दिईरहेको छ ।
एटिएमको उद्घाटन बैंक संचालक समितिका अध्यक्ष भीम प्रसाद तुलाचन तथा स्थानीय समाजसेवी झलक विक्रम शाहले संयुक्त रुपमा गरेका थिए । सो अवसरमा अध्यक्ष तुलाचनले ग्रामीण क्षेत्रमा समेत अत्याधुनिक बैकिङ्ग सुविधा उपलव्ध गराउदै जाने बैंकको नीति अनुसार एटिएम संचालनमा ल्याएको वताए ।
बैंकका प्रमुख कार्यकारी अधिकृत महेश प्रसाद काफ्लेले बैंकले संचालनमा ल्याएको एटिएमवाट नर्मल भिसा तथा मास्टरकार्ड प्रयोग गर्न सकिने र बैंकको एटिएम कार्ड नेश्नल नेटकर्क को ६२० भन्दा वढि एटिएम मेसिन तथा १ हजार भन्दा वढि पोस मेसिन मा प्रयोग गर्न सकिने वताए ।
बैंकको निक्षेप २ अरब ७६ करोड ३७ लाख तथा कर्जा लगानी २ अरब ४० करोड ४१ लाख रहेको तथा बैंकका शेयरधनीहरुलाई हालसम्म ६५ प्रतिशत लाभांस प्रदान गरिसकेको, विगत ३ वर्षदेखी नेपाल स्टक एक्सचेञ्जवाट ‘क’ वर्गमा सूचीकृत हुदै आएको, स्थापनाको यस अवधिसम्म निष्कृय कर्जा सुन्य कायम राख्न बैंक सफल रहेको तथा बैंकले आर्थिक बर्ष २०७०/०७१ को पहिलो ६ महिनाको अवधिमा ५ करोड १ लाख सञ्चालन मुनाफा गर्न सफल रहेको प्रमुख कार्यकारी अधिकृतले काफ्ले जानकारी दिए ।

0 comments
तपाईंको प्रतिकृया