Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
नौलोले ५ सय शेयर सदस्य पुयाउने

बुटवल २७ पुस । बुटवलमा रहेको नौलो वचत तथा ऋण सहकारी संस्था लि.ले शेयर सदस्यता बढाउने निर्णय गरेको छ । सहकारीको शनिवार सम्पन्न चौथो वार्षिक साधारण सभाले ५ सय शेयर सदस्य पु¥याउने निर्णय गरेको छ । सहकारीका अध्यक्ष माधबप्रसाद श्रेष्ठका अनुसार सहकारीबाट यही माघ महिना देखि रेमिटयान्स कलेक्सन (बिप्रेषण) को काम पनि थालनि गरिने भएको छ । त्यस्तै साधारण सभाबाट ब्याजदर तथा लगानीका बारेमा पनि विभिन्न महत्वपूर्ण निर्णय गरिएको सचिव उत्सव न्यौपानेले बताए ।
सभामा सामुहिक विमा अन्तरगत स्वर्गिय कर्णवहादुर सुवेदीको श्रीमति गीता सुवेदीलाई १ लाखको चेक हस्तान्तरण गरिएको थियो । त्यस्तै शेयर सदस्यका छोराछोरी मध्ये २०६९ सालमा एसएलसीमा उत्तिर्ण सरोज भुसाल, सुरक्षा सोमइ र समुना वंसी ठकुरीलाई सम्मान तथा पुस्कार प्रदान गरिएको थियो ।
साधारण सभामा वोल्दै जिल्ला सहकारी संघका अध्यक्ष भिम तुलाचनले सहकारी क्षेत्रका बारेमा चर्चा गरेका थिए । त्यस्तै सहकारीका सल्लाहकार बामदेव क्षेत्रीले नौलो सहकारीलाई आगामी दिनमा यस क्षेत्रकै नमुना सहकारी वनाउनुपर्नेमा जोड दिए । उनले समूह गठन गरी सीप मूलक काममा लगाउनुपर्ने तथा कृषि एंव स्वरोजगारका क्षेत्रमा काम गनुपर्ने आबश्यकता पनि औल्याए ।
साधारण सभामा वोल्दै सहकारीका अध्यक्ष माधबप्रसाद श्रेष्ठ, उपाध्यक्ष दुर्गा जिसि, सचिव उत्सव न्यौपाने, जागरुप वचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष खगेन्द्र शर्मा रेग्मीले सहकारीका बारेमा चर्चा गरेका थिए ।

0 comments

तपाईंको प्रतिकृया