Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
निम्बलद्धारा सफल विद्यार्थीहरुलाई सम्मान

बुटवल १०  माघ –  निम्बल एजुकेशन प्रा.लि.बुटवल रुपन्देहीले अधिकृत, ना.सु. तथा खरिदारका तयारी कक्षामा सहभागी भई  लोकसेवा आयोगमा सफलता हासिल गर्न सफल विद्यार्थीहरुलाई सम्मान गरेको छ ।

 बिगत चार वर्षमा निम्वल एजुकेशन प्रा.लि.को लोकसेवा आयोग तयारी कक्षामा सहभागि मध्ये ३३ जना परीक्षार्थीले सफलता हासिल गरेको संस्थाका कार्यक्रम निर्देशक दिपेन्द्र जि.सी.ले जानकारी दिए  । सो अवसरमा संस्थाको निजामति सेवाका स्रोत व्याक्ति तथा सफलता हासिल गरेका प्रशिक्षार्थीले संस्थालाई धन्यावाद व्यक्त गर्दे अझै परिस्कृत ढंगले थप कार्यक्रमहरु समेत गर्न सल्लाह सुझाब दिएका थिए ।

 संस्थाका कार्यक्रम निर्देशक जि.सी.ले आफ्नो संस्थाबाट देशभरका लोकसेवा कार्यालयहरुमा भर्म भरिदिने व्यवस्था भएको तथा दैनिक तथा साप्ताहिक रुपमा लोकसेवा आयोगको पाठ्यसामाग्रीमा आधारित पूर्व तयारी परीक्षा सञ्चालनको व्यवस्था पनि भएको जानकारी गराउदै संस्थाको स्रोत व्याक्तिहरु प्रति आभार व्यक्त गरेका थिए ।  उनले सफलता हासिल गरेका परीक्षार्थीहरुलाई निजामति सेवा प्रवेश गरेकोमा सम्मान तथा बधाईका व्यक्त गर्दै सफल भविष्यको लागि शुभकामना पनि व्यक्त गरेका थिए ।  निम्बल एजुकेशन प्रा.लिले विगत पाँचवर्ष देखी शैक्षिक कार्यक्रम सञ्चालन गदै आईरहेको छ ।

0 comments

तपाईंको प्रतिकृया