Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
होटल व्यवसायी संघको अध्यक्षमा वेल्वासे

बुटवल २८ पुस । होटल  तथा रेष्टुराँ व्यबसायी संघ रुपन्देहीको सातौ अधिवेसनले मोदनाथ वेल्वासेको अध्यक्षतामा  नयाँ नेतृत्व चयन गरेको छ ।
वरिष्ठ उपाध्यक्षमा समुन्द्र जिसी, प्रथम उपाध्यक्षमा बिष्णुप्रसाद न्यौपाने, द्वितीय उपाध्यक्षमा जीवनप्रसाद श्रेष्ठ, महासचिवमा रामप्रसाद गौतम, सचिवमा निर्मला श्रेष्ठ, कोषाध्यक्षमा बाबुराम श्रेष्ठ र सह–कोषाध्यक्षमा बाबुराम गौतम सर्बसम्मच चयन भएका हुन ।
त्यस्तै गरी सदस्यहरुमा सरस्वती न्यौपाने, चिरञ्जिवी पोखरेल, बिष्णु अर्याल, सुर्य भट्टराई, प्रेम भट्टराई, प्रेम वञ्जाडे, बलराम भट्टराई, कुलचन्द्र पाण्डे, रोमाकान्त पाण्डे, उमानाथ घिमिरे, टंक पराजुली र चुत्र पौडेल निर्बिरोध भएका हुन । त्यस्तै गरी दुई मनोनित सदस्य पदमा प्रकाश खरेल र ङेमा लामालाई मनोनित गरिएको छ । आगामी दुई वर्षे कार्यकालका  लागी सर्वसम्मत नया नेतृत्व चयन गरिएको संघले जनाएको छ ।

0 comments

तपाईंको प्रतिकृया