अस्पताल खोल्न सर्वोच्चको आदेश
काठमाडौं ६ माघ । सर्वोच्च अदालतले स्वास्थ्य सेवामा हड्ताल नगर्न अन्तरिम आदेश दिएको छ । न्यायाधीश प्रकाश वस्तीको एकल इजलासले अस्पताल अत्यावश्यकीय सेवा भएको भन्दै आदेश प्राप्त भएको एक घण्टाभित्र सेवा सुचारु गर्न आदेश दिएको हो ।
त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान शिक्षण अस्पतालका प्रा. डा. गोविन्द केसीको आमरण अनशनको समर्थनमा सरकारी तथा निजी अस्पतालका डाक्टरहरुले आकस्मिक बाहेकका सेवा ठप्प पारेका छन् । डिन प्रकाश सामयमीको राजीनामा फिर्ता गरी नयाा डिन नियुक्त शशी शर्मालाई हटाउनु पर्ने लगायतका सातबुादे माग राख्दै केसी ९ दिनदेखि आमरण अनशनमा बसेका छन् ।
यसै विच राष्ट्रिय मानव अधिकार आयोगले डाक्टरहरुको आन्दोलन मानवअधिकार र पेशागत मर्यादा विपरित भएको बताएको छ ।
आयोगले सोमबार विज्ञप्ति जारी गरि वार्ताबाटै समाधान खोज्न भनेको छ । विज्ञप्तिमा भनिएको छ–‘चिकित्साकर्मीहरूको हालको आन्दोलन पेशागत मर्यादा र मानवीय संवेदनाविपरीत देखिएको र यसबाट जनस्वास्थ्यमा गम्भीर आघात पर्ने भएकोले विरोधको यसप्रकारको स्वरुपलाई अन्त्य गरी रचनात्मक उपायहरूमार्फत विरोधका असहमति प्रकट गर्न आयोग चिकित्साकर्मीहरूसँग आग्रह गर्दछ ।’

0 comments
तपाईंको प्रतिकृया