शैक्षिक बिकासका लागी नयां निती: मन्त्रि पौडेल
बुटवल १५ माघ । शिक्षा मन्त्री माधवप्रसाद पौडेलले मुलुकको शैक्षिक बिकासका लागि सरकारले नयाँ निति तथा कार्यक्रम ल्याउने तयारी गरिरहेको बताएका छन । उनले कक्षा ८ सम्म निशुल्क र अनिबार्य शिक्षा लागु गर्ने तथा प्राबिधिक शिक्षालाई हरेक जिल्लामा पु¥याउनका लागि सरकारले काम गरिरहेको जानकारी दिदै नयाँ शैक्षिक ऐन संसदमा पेश हुन लागेको बताए । शिक्षा अनिवार्य नहुँदा र निःशुल्क पनि हुन नसक्दा गरिव तथा दुर्गम क्षेत्रका जनताका छोराछोरी गुणस्तरिय शिक्षाबाट वञ्चित समेत हुनु परेकोले निशुल्क र अनिवार्य शिक्षाका लागि सरकारले प्रकृया अन्तिम चरणमा पु¥याएको उनले बताए ।
रुपन्देहीको देवदह स्थित केरवानी उच्च मा.बि.को हिरक महोत्सव समारोहको उद्घाटन गर्दै मन्त्री पौडेलले प्राबिधिक शिक्षाबाट मुलुकका प्रगति हुने बताए । प्राबिधिक शिक्षा तर्फ युवाहरु आकर्षित भैरहेकाले पनि सरकारले सहज र सर्बशुलभताका लागि प्राबिधिक शिक्षालाई जिल्ला जिल्लामा पु¥याउने योजना अंगाडी बढाएको उनको भनाई थियो ।
उच्च माध्यमिक शिक्षा परिषदका सदस्य सचिव भिमलाल गुरुङ्गले ग्रामिण भेगमा पनि उच्च माबि सञ्चालनमा आउँदा शिक्षाको सर्वसुलभता प्रदान गरेको बताए । उनले माबिहरुलाई अझै बढी व्यबस्थित गर्नका लागि उच्चमाबि शिक्षा परिषदबाट अनुगमत तथा नियमन गर्ने कामलाई प्रभावकारी रुपमा अंगाडी बढाईने बताए ।
व्यबस्थापन समिती अध्यक्ष नमराज पुरीले बिद्यालयको प्रगति प्रस्तुत गर्दै बिद्यालयले ग्रामिण भेगमा बिद्यार्थी तथा अभिभावकलाई स्थानीय स्तरमै शिक्षा प्रदान गरेर ग्रामिण शिक्षाको स्तर बढाएको बताए । सो अवसरमा बिद्यालयमा स्थापना गरिएको हिरक जन्मोत्सव स्तम्भ स्मारकको शिक्षा मन्त्री पोखरेलले उद्घाटन गरे ।
पूर्व मन्त्री तथा एमाले नेता छविलाल बिक, देबेन्द्र घिमिरे, रुपन्देहीका जिल्ला शिक्षा अधिकारी बिष्णुप्रसाद अधिकारी, पर्साका सहायक जिल्ला शिक्षा अधिकारी बरखुप्रसाद रजक, जिवलाल पराजुली, कदरबहादुर रायमाझी, नेपाल शिक्षक संघ रुपन्देहीका अध्यक्ष कुलप्रसाद लामिछाने, कृष्ण ढकाल, पदम थापा, विश्वेस्वर अर्याल, दिलुप्रसाद न्यौपाने लगायतले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा बिद्यालयका प्राचार्य कृष्ण न्यौपानेले बिद्यालयको आय व्यय विवरण प्रस्तुत गरेका थिए । बिद्यालय स्थापनाको ६० वर्ष पुरा भएको अवसरमा बिद्यालयले जिल्ला स्तरीय सम्मका सप्ताहव्यापी कार्यक्रम गरेको थियो । ती कार्यक्रमका बिजेताहरुलाई पुरस्कार वितरण गरिनुका साथै बिद्यालयमा योगदान पु¥याउनेहरुलाई सम्मान गरिएको थियो ।

0 comments
तपाईंको प्रतिकृया