Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
रुपन्देहीमा २ सय ५९ जना कुष्ठरोगी

कमल रायमाझी
भैरहवा ११ माघ ।

रुपन्देही जिल्लामा २ सय ५९ कुष्ठ रोगी रहेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख सागर दाहालले जिल्लामा १ सय १४ जना   कुष्ठरोगीहरुले उपचार गरिरहेको र नया बिरामीको सख्या १ सय ४५ रहेको जानकारी दिए ।
सञ्चारकर्मी संग गरिएको अन्तक्रिया उनले  नेपालमा २२ सय २८ जना कुष्ठ रोगी उपचारमा रहेको र ३२ सय ५३ नया बिरामी थपिएको जानकारी दिए ।
कार्यक्रममा जनस्वास्थ्य अधिकृत टिकाराम अधिकारी ले देशमा पछिल्लो आकाडा हेर्ने हो भनी कुष्ठ रोगी  घटदो रुपमा रहेको जनाए । अर्थिक बर्ष ६७ ।६८ मा १.७८ प्रतिशत रहेको कुष्ठरोगीको सख्या ६८ ।६९ मा १.९ र २०६९।७० मा १.८  प्रतिशतले कमी आएको जनस्वास्थ्य अधिकृत अधिकारी जानकारी दिए ।
निशुल्करुपमा उपचार गरिने यो रोग नियमित रुपमा औषधि सेवन गरेमा पुर्णरुपमा निको हुने समेत जनस्वाथ्य कार्यालय रुपन्देहीले जनाएको । मानिसले शरिरमा नचिलाउने रातो तथा फुस्रो रङ्गको दाग देखीने,अनुहारको छाला बाक्लो हुने,गिर्खाहरु देखा पर्ने र स्नायुमा असर गर्दा हात गोडामा छुदा थाहा नपाउने मांसपेसी कमजोर हुने  गर्दछ ।
कुष्ठरोगलाई उपचार पनि दुइ तरिकाले गरिने अन्तक्रिया कार्यक्रमा बताइएको थियो ।कम किटाणु भएको लाई ६ महिना औषधी खानु पर्ने र बढि किटाणु भएको भए १२ महिना नियमित औषधी सेवन गरे रोग पुर्ण रुपमा निको हुने जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

0 comments

तपाईंको प्रतिकृया