Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
मंगल ग्रह जानको लागी एक हजार ५८ जना छानिए


काठमाडौं, १९ पुस (एजेन्सी) मंगल ग्रहको यात्रामा जाने मध्ये पहिलो चरणमा एक हजार ५८ जनाको छनोट गरिएको छ ।
 नेदरल्याण्डको ‘मार्स वान’ ले सुरु गरेको यो अभियानमा सहभागी हुन १ सय ४० देशका २ लाख जनाले आवेदन दिएका थिए । उनीहरुबाट एकहजार ५८ जना छनोट गरिएको डेलीमेलले जनाएको छ ।

छनोट भएका मध्ये ५ सय ८६ पुरुष र ४ सय ७२ महिला छन् । जसमध्ये ३ सय ५७ जना २५ वर्ष भन्दा मुनिका छन् ८१ वर्षका पुरुष सबैभन्दा बढी उमेर भएका व्यक्ति छन् ।भने सन् २०२३ मा हुने एकतर्फी ‘मार्स वान’ नामक यात्रामा पहिलो चरणमा चार पुरुष र महिला पठाइनेछ ।

 मंगल ग्रहमा जानका लागि १ सय ७ देशमा सबैभन्दा बढी अमेरिकाबाट २ सय जना, क्यानडाबाट ७५, भारतबाट ६२ र रुसबाट ५२ जना, अष्ट्रेलियाबाट ४३, चीनबाट ४०, बेलायतबाट ४० जना छन् । ती मध्ये २ सय १८ जना  एसियाली राष्ट्रका छन् ।

मंगल ग्रहमा जानको लागि ८ जना नेपालीले पनि आवेदन दिएका थिए । नामावली सार्वजनिक नगरेकोले नेपाली परे कि परेनन् भन्ने खुल्न सकेको छैन ।

मार्स वानका अनुसार मंगल ग्रहको यात्राका लागि ८ जना नेपालीले आवेदन दिएका थिए । आवेदन दिनेमा प्रकाश सुवेदी, केशव पाण्डे, सम्राट कार्की, दिवस श्रेष्ठ, समिर न्यौपाने, मदनकुमार दाहाल लगायत थिए ।
 यी मध्ये धेरै नेपालमा जन्मिएर विदेशमा व्यवसाय गर्दै गरेका रहेका छन् ।
मार्स वानका संस्थापक बस लान्सडोपले पहिलो चरणमा छनोट नभएकाहरुलाई इमेल गरि जानकारी गराएइको र फेरि आवेदन दिन सक्ने बताएका छन् ।
 छनोट भएकाहरुको सन् २०१५ को अन्त्यसम्म  परीक्षण हुनेछ । परीक्षण अवधिभर मंगल ग्रहको जस्तै वातावरणमा बस्नुपर्नेछ । सन् २०१८ मा मानवरहित यान पठाइनेछ भने त्यसपछि मात्र मानिसलाई यात्रामा पठाइने मार्स वानले जनाएको छ ।

0 comments

तपाईंको प्रतिकृया