‘भारत र नेपाल बीचको सम्बन्ध अझ सृदृढ बनाऔ’
बुटवल, ९ माघ । नेपाल र भारतबीच सदियौदेखि आर्थिक, धार्मिक , तथा सास्कृतिक शैक्षिक रुपमा रहेको सुमधुर सम्बन्ध बदलिदो परिस्थिति अनुसार दुवै देशलाई फाइदाको रुपमा बिकास गर्नुपर्ने एक कार्यक्रममा सहभागीले जोड दिएका छन ।
भारतको ६५ औ गणतन्त्र दिवसको अवसरमा नेपाल भारत मैत्री समाज र कान्ति उच्च माध्यमिक विद्यालय बुटवलले बिहिबार बुटवलमा आयोजना गरेको नेपाल भारत सम्बन्ध बिषयक अन्तक्र्रिया कार्यक्रममा बक्ताहरुले भारत र नेपाल बीचको सम्बन्धलाई अझ सृदृढ बनाउनुपर्ने बताए ।
रुपन्देहीका स्थानीय विकास अधिकारी पेशल कुमार पोखरेलले नेपाल र भारतबीच मैत्री र समानतामा आधारित सम्बन्ध परापूर्वकाल देखि रहि आएको बताउदै दुई देशलाई धर्म दर्शन संस्कृतिका हिसावले पनि नजिक बनाएको बताए । दुई देशबीचको आपसी सम्बन्धलाई नयाँ परिवेश अनुरुप सुदृढ र बलियो बनाउँदै लैजानुपर्ने उनको भनाई थियो ।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै कान्ति उच्च माध्यमिक विद्यालयका अध्यक्ष एवं पत्रकार बालकृष्ण चापागाईले नेपाल र भारतमा रहेका तीर्थ स्थलहरुले नेपाल र भारतलाई बलियो रुपमा जोडेको बताए ।
कार्यपत्रमाथि टिप्पणी गर्दै डा. बाबुराम ज्ञवालीले नेपाल र भारतबीच विगतदेखि वर्तमान सम्म यथावत रहेको सम्बन्धलाई सुदृढ बनाउदै परिष्कृतरुपमा अगाडि बढाउनुपर्नेमा जोड दिए ।
रुपन्देही उद्योग संघका अध्यक्ष तेजकुमार पाठक, रुपन्देही ब्यापार संघका निबर्तमान अध्यक्ष टंक प्रसाद पोखरेल, औद्योगिक क्षेत्र उद्योग संघका अध्यक्ष गणेश अधिकारी, पश्चिम नेपाल बस ब्यवसायी संघका उपाध्यक्ष धु्रबराज अर्यालले नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दीपक ज्ञवाली, विश्वहिन्दु महासंघ रुपन्देहीका अध्यक्ष गणेशमान सैजु, लेखक गणेश उचै, नागरिक समाजका अगुवा पदम कार्की बुटवल उद्योग बाणिज्य संघका उपाध्यक्ष कृष्ण कुमार श्रेष्ठ, कान्ति उच्च माध्यमिक विद्यालयका प्राचार्य गोबिन्द ज्ञवाली लगायतले बोल्दै नेपाल भारत सम्बन्ध समानतामा आधारित र दुवै पक्षको विकासका लागि कोशेढुंगा हुनुपर्नेमा जोड दिए । नेपाल भारत मैत्री समाज बुटवलका अध्यक्ष रतनलाल अग्रवालले नेपाल भारत सम्बन्ध सुदृढ बनाउँदा दुवै पक्षको हित हुने बताए ।

0 comments
तपाईंको प्रतिकृया