क्षेत्रिय टेक्वाण्डो प्रतियोगितामा नवलपरासी प्रथम
रामकुमार श्रेष्ठ
नवलपरासी, २६ पुष । नवलपरासीमा संचालित २ दिने तेश्रो पश्चिमाञ्चल क्षेत्रिय टेक्वाण्डो च्याम्पियनशिप प्रतियोगितामा नवलपरासी प्रथम भएको छ ।
राष्ट्रिय टेक्वाण्डो च्याम्पियनशिप प्रतियोगिताको छनौटका लागि भएको पश्चिमाञ्चल क्षेत्रिय टेक्वाण्डो प्रतियोगितामा रुपन्देही दोश्रो र पर्वत जिल्ला तेश्रो भएको थियो ।
हिजो अबेर सकिएको प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्नेहरु आगामी माघ १०, ११ र १२ गते काठमाण्डौमा हुने राष्ट्रिय टेक्वाण्डो च्याम्पियनशिप प्रतियोगितामा सहभागि हुन पाउने राष्ट्रिय टेक्वाण्डो युनियन नेपालका महासचिव राजकुमार कार्कीले बताउनु भयो । प्रतियोगितामा पुरुषतर्फ बेस्ट पलेयर नवलपरासीका अजय कुमार रिजाल र महिलातर्फ नवलपरासीकै पार्वती पाण्डे बेस्ट पलेयर घोषित भएका छन् ।

0 comments
तपाईंको प्रतिकृया