रेडियो कार्यक्रम बन्द गरी आन्दोलन
बुटवल ३० पुस– बुटवलवाट प्रशारण भइरहेको रेडियो समावेशी १०५ मेगाहर्जका कर्मचारी तथा संचारकर्मीले रेडियोका सम्पूर्ण कार्यक्रम बन्द गरी आन्दोलनमा उत्रिएका छन । । उनीहरुले आज दिउंसोबाट समाचार तथा कार्यक्रम प्रशारण बन्द गरी आन्दोलनमा होमिएका हुन । कर्मचारी संघर्ष समितिले घोषणा गरेको कार्यक्रम अन्तरगत रेडियोमा कार्यरत कर्मचारीहरुले काम बन्द गरेका हुन । रेडियोमा उत्पन्न समस्या समाधान नभएसम्म काममा नफर्कने उनिहरुले बताएका छन ।
माग पुरा नभए माघ ५ गते प्रशासन शाखामा तालाबन्दी र १० गते रेडियो गेतमैं तालाबन्दी गरेर प्रशारण कार्य रोक्ने संघर्ष समितीका संयोजक प्रेम थापामगरले जानकारी दिए ।
थापाले छानविन समितिले दोषी ठहर गरिएका रेडियोका म्यानेजिङ डाइरेक्टर गोविन्द प’न तथा स्टेशन म्यानेजर मिलन गाहालाई कारवाहीसहित नलिकाल्दासम्म क’नैं पनि वार्तामा नबस्ने बताए । सहायक स्टेशन म्यानेजर टेकबहादुर मास्कीरानाले बार्तामा बस्नका लागि शेयर सदस्य,पत्रकार महासंघका प्रतिनिधि, बोर्डले गठन गरेको वार्ता टोली र सघर्ष समितिका सदस्यहरु रहनु पर्ने बताए । यसैबिच मंगलबार ४ बजेका लागि बोलाइएको बार्ता पनि समितिले अस्वीकार गरेको छ ।

0 comments
तपाईंको प्रतिकृया