प्रेस चौतारीको अञ्चल अध्यक्षमा न्यौपाने
बुटवल २७ पुस। प्रेस चौतारी नेपाल लुम्विनी अञ्चल कमिटीको शनिवार बुटवलमा सम्पन्न बैठकले अध्यक्षमा पाल्पाका पत्रकार रामप्रसाद न्यौपाने र सचिवमा रुपन्देहीका पत्रकार रामप्रसाद आचार्यलाई चयन गरेको छ ।
बैठकले चौतारीको अञ्चल कमिटी बैठकले आगामी माघ २५ गते गुल्मीको सास्कृतिक तथा पर्यटकीय स्थल रेसुङ्गामा प्रेस चौतारीको अञ्चल भेला आयोजना गर्ने निर्णय समेत गरेको छ । प्रेस चौतारीका सदस्य क्रियाशील पत्रकार विके पाल्पालीको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको वैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ । चौतारी केन्द्रिय सदस्य तथा अञ्चल इञ्चार्ज भरत केसीको अध्यक्षतामा भएको बैठकमा प्रमुख अतिथि प्रेस चौतारीका केन्द्रिय उपाध्यक्ष मुकेश पोखरेल,अञ्चल सदस्यहरु भगवान भण्डारी , विकास बञ्जाडे लगायतले बोलेका थिए ।

0 comments
तपाईंको प्रतिकृया