Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
‘छार म्हेङ’मा तारा हान्ने खेल

बुटवल २२ पुस– छन्त्याल समुदायको  पर्व छार म्हेङको अवसरमा नेपाल छन्त्याल संघ रुपन्देहीले  विगतका वर्षमा जस्तै विभिन्न कार्यक्रम गर्ने भएको छ ।
 छन्त्याल जातिको खाम भाषा अनुसार छारको अर्थ नया“ म्हेङको अर्थ वर्ष हुन्छ । लोपोन्मुख आदीवासी जनजातिको सुचीमा सुचिकृत भएको उक्त जातिले माघे श्संक्रान्तिलाई नया“ वर्षको रुपमा यो पर्व मनाउने गर्दछन ।
सोमवार आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष दलवहादुर छन्त्यालले  तारा हान्ने प्रतियोगितामा विभिन्न सांस्कृतीक कार्यक्रम गरी नया“ वर्ष मनाउन लागेको जानकारी दिए । पा“च दिन सम्म धुनुषवाण प्रतियोगिता आयोजना गरिएको जानकारी दिदै उनले माघे संक्रान्तिमा विशेष कार्यक्रम आयोजना गरिने बताए ।
 उक्त कार्यक्रम वुटवल १४ ढवाहमा हुने छन । संघका केन्द्रिय सदस्य लक्ष्मी प्रसाद छन्त्याले छन्त्याल जातिको भाषा लिपी तथा संरक्षणका लागी पनि वर्षेनी विभिन्न कार्यक्रम गरिएको वताए । छन्त्याल जातिको पुर्खाेली थलो म्यादी र वाग्लुङ हो ।  यि जातिको परम्पररागत पेशा खानीमा विभिन्न धातु निकाल्न थियो । खानी वन्द भएपछि अन्य पेशामा लागेका उनले वताए ।

0 comments

तपाईंको प्रतिकृया