दुर्गा माविमा रजतमहोत्सवको तयारी
वि सं २०४५ मा स्थापना भएको उक्त विद्यालयले भव्य कार्यक्रम गरी रजतमहोत्सव मनाउन लागेको जनाएको छ । शुक्रवार विद्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रधानाध्यापक तारा प्रसाद छन्तेलले महोत्सवको रुपमा पुस २६ गतेदेखी माघ २ गते सम्म विभिन्न कार्यक्रम गरी रजतमहोत्सव गर्न लागीएको वताए ।
उनका अनुसार पुस २६ गते प्रभात फेरी पश्चात रजतमहोत्सवको उद्घाटन गरिने छ । त्यसै गरी २७ गते देखी २९ गते सम्म खेलकुद अतिरिक्त क्रियाकलाव सांस्कृतीक कार्यक्रम, ३० गते भुपु समिती तथा विद्यार्थी पुनर्मिलन कार्यक्रम, माघ १ गते पुरस्कार वितरण तथा सास्कृतीक कार्यक्रम, २ गते विद्यालयका संस्थापकलाई सम्मान, सांस्कृतीक कार्यक्रम तथा शुभकामना सहित समापन कार्यक्रम रहेको विद्यालयले जनाएको छ ।
विद्यालय व्यवस्थापन समितीका अध्यक्ष तथा प्रचार प्रसार संयोजक टिकाराम पाण्डेले रजत महोत्सवलाई
सफल वनाउने २१ उपसमिती गठन गरेको जानकारी दिए । रजत महोत्सवको अवसरमा ५ लाख रुपैयाको अक्षयकोष स्थापना गरिन लागेको उनले बताए । २०६८ मा मावि संचालनको लागी जिल्ला शिक्षा कार्यलयले स्वीकृती दिएपनि मावि तहमा सरकारी दरवन्दी नभएकाले समस्या भएको प्रअ छन्तेलले बताए । प्राविमा ४, निमावीमा राहतकोटामा ५, निजि श्रोतको ६ शिक्षक र कर्मचारी गरी १९ जना शिक्षक कर्मचारी रहेको उक्त विद्यालयमा ३ सय ८० विद्यार्थीहरु अध्ययनरत छन ।


0 comments
तपाईंको प्रतिकृया