Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
बस दुर्घटना हुदा तिन जनाको मृत्यु

अर्घाखॉची  २२ पुस । सन्धिखर्कबाट काठमाडौका लागि छुटेको लु १ ख ५७६३ नंको बस  फुदवाङ्ग स्थित शेरा भन्ने ठाउ“मा सोमबार सा“झ दुर्घटना हु“दा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा ४४ जना घाईते भएका छन ।
अर्घाखा“ची हंसपुर–२ वर्ष  ५२ की रेमकला  केसी, बर्दिया मैनापोखरीका ४२ वर्षीय हरिलाल चौधरी र   देवेन्द्र थापाको मृत्यु भएको  पश्चिम क्षेत्रिय टफिक प्रहरी कार्यालय वुटवलले जनाएको छ । चौधरीको अर्घाखा“चीको चन्दननाथ गण नेपाली सेनाका जवान हुन । बेलुका साढे चार वजे सन्धिखर्कबाट काठमाडौका लागि छुटेको रात्री बस सदरमुकाम नजिकै तीन किलोमिटरमा पुग्दा दुर्घटना भएको हो ।
घाईते मध्ये २१ जनाको अवस्था गंभिर रहेका जिल्ला प्रहरी कार्यालय अर्घाखाचीले जनाएको छ । गंभिर घाईतेलाई लुम्बिनी अञ्चल अस्पताल बुटवल लगिएको प्रहरीले जनाएको छ । अन्य घाईतेहरुको  जिल्ला अस्पताल सन्धिखर्कमा उपचार भैरहेको छ ।  बस उकालोमा चढदै गर्दा विपरित दिशाबाट आएको लु १ ख ७१३५ नम्बरको मिनी ट्रकले ठक्कर दि“दा बस एक्कासी खसेको थियो । बस सडकबाट करिब दुई सय मिटर तल खेतमा खसेको छ । घाईतेको प्रहरी, नेपाली सेना र स्थानीयबासीले उद्धार गरेका थिए । 

0 comments

तपाईंको प्रतिकृया