एमाओवादी बैठक केही दिन लम्विने
काठमाडौं, १० माघ – एकीकृत नेकपा माओवादीको केन्द्रीय समितिको बैठक अझै केही दिन लम्बिने भएको छ । शुक्रबार आठौं दिन पनि केन्द्रीय सदस्यले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रतिवेदनमा आफ्नो धारणा राख्ने छन् । सदस्यहरुले धारणा राख्ने क्रम जारी रहेकोले बैठक लम्बिने भएको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।
प्रवक्ता सापकोटाले अध्यक्षको प्रतिवेदन पारित भए केन्द्रीय समिति सदस्यको संख्या दुई अंकमा झर्ने बताए । हाल एमाओवादीमा दुई सय ५० जना केन्द्रीय सदस्य छन् । शुक्रबार बिहान ११ बजेपछि पार्टी कार्यालय कोटेश्वर पेरिडाँडामा बस्ने बैठकमा अध्यक्ष प्रचण्डको प्रतिवेदनमा थप केन्द्रीय सदस्यले धारणा राख्ने छन् । एमाओवादीको केन्द्रीय समिति बैठक माघ २ गतेदेखि चलिरहेको छ ।

0 comments
तपाईंको प्रतिकृया