अपडेट : प्रजिअ र एसपीले माफी मागे पछि धर्ना स्थगित
विराटनगर २८ पुस । अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई प्रश्न सोध्दा दुर्व्यवहार भएको भन्दै मोरङ प्रशासनमा धर्नामा बसेका पत्रकारले प्रमुख जिल्ला अधिकारी र एसपीले माफि मागे पछि विरोध स्थगित गरेका छन् ।
मोरङका प्रमुख जिल्ला अधिकारी गणेशराज कार्की र प्रहरी प्रमुख एसपी विश्वराज पोखरेलले क्षमा मागेपछि पत्रकारले धर्ना स्थगन गरेका हुन् ।
यसैविच अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले मोरङका पत्रकारलाई विराटनगरमा दुर्व्यवहार गरेकोमा नेपाल पत्रकार महासंघ, प्रेस चौतारीलगायत पत्रकारसँग सम्बन्धित संघ संस्थाले विरोध गरेका छन् ।
महासंघ महासचिव ओम शर्माले आइतबार विज्ञप्ती जारी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान अयोगजस्तो संवैधानिक निकायको प्रमुखबाट पत्रकारमाथि दुर्व्यवहार गरिनु र प्रहरी लगाएर पक्राउ गराउनु प्रेस स्वतन्त्रामाथि ठाडो हस्तक्षेप भएको जनाएका छन ।
विज्ञप्तीमा संवैधानिक अधिकारको सम्मान गर्दै स्वतन्त्र र निर्भिकतापूर्वक प्रेसलाई आफ्नो भूमिका निर्वाह गर्ने वातारण तयार गर्न महासंघ सरकारको ध्यानाकर्षण गर्दछ । उल्लेख गरिएको द्ध । त्यसै गर
प्रेस चौतारी नेपालका तर्फबाट महासचिव माधव नेपालले आइतबार नै विज्ञप्ती जारी गर्दै स्वतन्त्र प्रेसमाथि नियन्त्रण गर्ने दुष्प्रयत्नस्वरुप फेरि एकचोटि राज्यले पत्रकारलाई जिस्क्याइरहेको टिप्पणी गरेका छन् ।

0 comments
तपाईंको प्रतिकृया