Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
‘बजार अध्ययन गरी अनुमती देउ’

बुटवल २० पुस–  राज्यले उद्योगको अनुमति दिदा बजार मुल्याकनलाई ध्यान दिनु पर्नेमा सरोकार वालाले जोड दिएका छन ।
 ताजा चाउमिन तथा सस उद्योग व्यवसायी महा संघ नेपालको शनिवार बुटवलमा भएको दोस्रो वार्षिक साधारण सभामा वोल्ने व्यवसायीहरुले त्यस्तो धारणा राखेका हुन ।
राज्यले बजार अध्ययन तथा मुल्याङ्कन नै नगरी सञ्चालन अनुमति दिंदा उद्योगी व्यबसायी धारासायी हुँदै गएको उनिहरुको भनाई छ ।
चाजा चाउमिन तथा सस उद्योग व्यबसायी महासंघ नेपालका अध्यक्ष प्रेमलाल पाण्डेले लगानी कर्ताले पनि अस्वस्थ प्रतिस्पर्धा नगरी व्यबसायको सम्भाव्यता अध्ययन गरेर लगानी गर्न आग्रह गरे ।
साना तथा घरेलु उद्योग कार्यालय रुपन्देहीका तालिम संयोजक  शिव पुजन चौधरीले  सीप सुहाउदो उद्योग संचालन गर्ने व्यवसायीलाई राज्यले सुविधा दिनु बताए ।
कार्यक्रकमा रुपन्देही उद्योग संघका वरिष्ठ उपाध्यक्ष बोनिम पिया, होटल तथा रेष्टुरेण्ट व्यवसायीसंघ रुपन्देहीका महा सचिव समुन्द्र जिसी , कानुनी सल्लाहकार शालिक राम वन्जाडे , प्रेससल्लाहकार यमलाल भुसाल ,संस्थाका सल्लाहकार घनश्याम खराल, उपाध्यक्ष चन्द बहादुर रोका बावुराम  खराल महासंघका महासचिव भानुभक्त भण्डारी लगाएतले कच्चा पदार्थको बढ्दो महंगी, उर्जा संकट, युवा शक्ति विदेश पलायन हुने कारणले पनि व्यबसायीलाई व्यबसाय सञ्चालनका लागि लगानी अत्यधिक बढ्ने तथा जनशक्तिमा समेत अभाव सिर्जना भएको  बताए । सो अवसरमा उत्कृष्ट उद्योगका रुपमा रुपन्देहीको स्टार चाउमिन तथा गोल्ड स्टारससका संचालक प्रेमलाल पाण्डेलाई सम्मान गरिएको थियो । चाउमिन तथा सस उत्पादन गर्ने व्यबसाय सञ्चालन गरेका ४५ जिल्लाका २ सय ७० चाउमिन उद्योग तथा १ सय ४० सस उद्योगीहरु साधारण सभामा सहभागी रहेका थिए ।

0 comments

तपाईंको प्रतिकृया