प्याव्सन पदाधिकारीलाई सम्मान
बुटवल, १० माघ । बुक्स प्लाजा बुटवलले शुक्रबार एक कार्यक्रमका बीच प्यावसन रुपन्देहीका नव निर्वाचित कार्यसमितिलाई सम्मान तथा बधाई ज्ञापन गरेको छ ।
प्लाजाका स्टेशनी व्यवसायी र र प्याव्सनबीच सुमधुर सम्बन्ध कायम गर्ने उद्देश्यले सम्मान कार्यक्रम आयोजना गरिएको हो । पदाधिकारीलाई पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष हरि अर्याल र बुक्स प्लाजाका संयोजक हेमानन्द शर्मा लगायतले प्याव्सनका पदाधिकारीहरुलाई सम्मान गरेका थिए । कार्यक्रममा बोल्दै केन्द्रीय उपाध्यक्ष अर्यालले प्याव्सन र स्टेशनरी व्यवसायीबीच नङ र मासुको जस्तै सम्बन्ध रहेको र आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिनु आवश्यक रहेको बताए । त्यस्तै प्याव्सनका अध्यक्ष सुदीप केसीले व्यवसायीहरुले प्याव्सन प्रति देखाएको सम्मानप्रति आभार प्रकट गरे ।
कार्यक्रममा शिक्षा पत्रकार समूह लुम्बिनीका सचिव कृष्ण मल्ल, प्रभात बुक्सका दिवाकर घिमिरे,रमा खड्का,लगायतले बोलेका थिए । बुक्स प्लाजाका संयोजक
हेमानन्द शर्माको अध्यक्षता, सचिव त्रिलोचन ज्ञवालीको स्वागत रहेको कार्यक्रमको सञ्चालन गोपाल बस्यालले गरेका थिए ।

0 comments
तपाईंको प्रतिकृया