Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
स्नुकर प्रतियोगितामा रुपन्देहीबाट १० खेलाडी छानिए

बुटवल, २७ पुस – काठमाडौंमा हुने प्रथम राष्ट्रिय लुम्बिनी च्याम्पियनशिप स्नुकर प्रतियोगितामा सहभागिताका लागि रुपन्देहीबाट १० जना खेलाडी छनोट भएका छन् ।
रुपन्देही पूल तथा स्नुकर संघ अन्तर्गत रहेका बिभिन्न हाउसका बिचमा भएको २ दिने छनोट चरणको लिगबाट १० जना छनोटमा परेका हुन् ।  संघले शनिबार बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगितामा सहभागि हुने खेलाडिका लागि आर्थिक सहयोग पनि गर्ने जनाएको छ । लिगबाट सुजन पुन, प्रमोद थापा, सुरज मकाजु, कशिष कोइराला, संजय कार्की, बिरेन शाक्य, रेगन श्रेष्ठ लगायत  छनोट भएको रुपन्देही पूल तथा स्नुकर संघका अध्यक्ष हरि क्षेत्रीले जानकारी दिए । यहि माघ ४ देखि ११ गतेसम्म काठमाडौंमा हुने प्रतियोगिताबाट छनोट भएमा एसियन गेमका लागि कोरियामा जान पाउने क्षेत्रिले बताए । उक्त प्रतियोगितमा कास्की,रुपन्देही तथा बाग्मती अञ्चलका ६० बढि खेलाडिको सहभागिता रहने संघका सचिब सुजन पुनले बताऐ । छनोट भएका खेलाडिहरुलाइ माघ ३ गते बुटवलबाट बिदाइ गरिने छ ।

0 comments

तपाईंको प्रतिकृया