Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
‘निजी विद्यालयको लगानी सुरक्षित भएन’

बुटवल १८ पुस– निजी आवासिय विद्यालय अर्गनाइजेशन (प्याब्सन) का केन्द्रीय वरिष्ठ उपाध्यक्ष लक्ष्य बहादुर केसीले निजी विद्यालयको लगानी सुरक्षित हुन नसकेको बताएका छन ।
 प्याब्सन रुपन्देहीको बिहीवार बुटवलमा शुरु १२ औं साधारण सभा तथा अधिवेशनको उद्घाटन कार्यक्रममा उपाध्यक्ष केसीले राज्यले लगानीको सुरक्षाको प्रत्याभुति गराउन नसकेको बताए । रुपन्देहीका जिल्ला शिक्षा अधिकारी विष्णु प्रसाद अधिकारीले निजी विद्यालयलाई राज्यको नीति नियम उल्लंघन नगर्न गरे ।
कार्यक्रममा प्याब्सनका महासचिव डि.के.ढुंगानाले शिक्षक, कर्मचारीको सुविधा वृद्धिको लागि पनि आगामी शैक्षिकसत्रदेखि शुल्य वृद्धि हुने बताए । कार्यक्रममा पुर्व अध्यक्षहरु ज्ञानदेव हटुवाल, यमबहादुर रसाइली, राजन केसी, गंगा शाही, गिरीराजविक्रम खड्का, राजु गुरुङ, लोकनाथ उपाध्याय, यज्ञमुर्ती पाण्डे र विष्णु पन्थीलाई सम्मान गरिएको थियो । त्यस्तै गत वर्षको प्रवेशिका परीक्षामा रुपन्देही प्रथम हुने छात्र विनोद शिलवाल र छात्रा शारदा पौडेललाई सम्मान गरिएको थियो ।
प्याब्सन रुपन्देही अध्यक्ष कृष्ण प्रसाद खनालको अध्यक्षतामा भएको कार्यक्रममा प्याब्सनका केन्द्रीय सहकोषाध्यक्ष टंक भट्टराई, हिसान रुपन्देही अध्यक्ष टुक बहादुर क्षेत्री, नेपाल शिक्षक संघ रुपन्देहीका अध्यक्ष कुल प्रसाद लामिछाने, रुपन्देही उद्योग संघका अध्यक्ष तेज कुमार पाठक, रुपन्देही व्यापार संघका अध्यक्ष टंक पोख्रेल, होटल व्यवसायी संघ रुपन्देही अध्यक्ष महेन्द्र श्रेष्ठ, पत्रकार महासंघ रुपन्देही अध्यक्ष दिपक ज्ञवाली, पुस्तक
व्यवसायी संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष हरि अर्याल, पुस्तक व्यवसायी रुपन्देही अध्यक्ष यमलाल लोहनी, सिद्धार्थनगर उद्योग संघका भिष्म सर्वेज्ञा, अभिभावक संघका लोकनाथ ज्ञवाली, प्याब्सन पुर्व अध्यक्ष गिरीराज खड्का, प्याब्सु केन्द्रीय सल्लाहकार धु्रव पन्थी, प्याब्सन जिल्ला उपाध्यक्ष सुदिप केसी, सचिव कृष्ण प्रसाद शर्मा लगायतले बोलेका थिए ।

0 comments

तपाईंको प्रतिकृया