मोतिपूरलाई पूर्ण खोप गाबिस घोषणा गर्न सिफारिस
बुटवल ६ माघ । रुपन्देहीको मोतिपूरलाई जिल्लामै पहिलो पूर्ण खोप गाबिस घोषणा गर्नका लागि गाबिस स्थित स्वास्थ्य संस्था व्यबस्थापन समितीले जिल्ला खोप समन्वय समिती रुपन्देहीमा सिफारिस गरेको छ ।
सोमबार मोतिपूरमा भएको अन्तरक्रियाले गाबिस पूर्ण खोप घोषणाका लागि अनुकुल बनेको निस्कर्ष निकाल्दै सिफारिस गरिएको मोतिपू उपस्वास्थ्य चौकिका प्रमुख विश्वबन्धु विनयीले जानकारी दिए । उनका अनुसार पूर्ण खोप गाबिस घोषणाका लागि एक वर्ष मुनिका वालवालिकका, १२ महिना देखि २३ महिना सम्मको वालवालिकाको रेकर्ड लिईएको जसमध्ये १२ देखि २३ महिनाका २ सय ८१ जना रहेका र उनीहरुलाई दिईनु पर्ने सम्पूर्ण खोपहरु पुरा भएको छ ।
महिला स्वयम सेविका तथा स्वास्थ्य कर्मीहरुको पहलमा र स्थानीय संघसंस्था, राजनीतिक दलहरुको सहयोगमा पूर्ण खोप गाबिस सुनिश्चितता कार्यबिधी निर्देशिका २०६९ अनुसार पूर्ण खोप घोषणा गर्ने र तयसलाई निरन्तरता दिने प्रतिवद्धता सहित जिल्लामा सिफारिस गरिएको हो ।
जिल्ला समन्वय समितीमा गरिएको सिफारिस समितीले प्राप्त गरेपछि समितीले गाउमा सर्बे गर्ने र सिफारिसमा गरिएको प्रतिवेदन र सर्बेको प्रतिवेदन मिलेको खण्डमा पूर्ण खोप गाबिस घोषणा हुने मोतिपूरका स्वास्थ्य संस्था व्यबस्थापन समितीका अध्यक्ष तथा गाबिस सचिव अग्नीप्रसाद पौडेलले जानकारी गराए ।

0 comments
तपाईंको प्रतिकृया