कार्कीलाई प्रश्न गर्दा २ दर्जन पत्रकार पक्राउ
विराटनगर २८ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्कीले आयोजना गरेको पत्रकार सम्मेलन स्थलवाट पत्रकारहरु पक्राउ परेका छन ।
विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा कार्की र पत्रकारबीच विवाद भएपछि प्रहरीले २ दर्जन पत्रकारहरुलाई पक्राउ गरेको हो । पत्रकार सम्मेलनमा कार्कीले पत्रकारलाई अपमान गर्दै गाली गलौज गर्न थालेपछि विवाद बढेको हो ।
सुपारी निकासी फुकुवा गरेको बारेमा कार्कीलाई प्रश्न सोध्दा उनले गालीगलौज गरेपछि पत्रकारहरुले लोकमानविरुद्ध नाराबाजी गरेका थिए । जिल्ला प्रशासन कार्यालय मोरङमा पत्रकार सम्मेलमा गएका कार्कीलाई पत्रकारले सुपारी निकासी फुकुवा गरेको प्रश्न सोधेपछि कार्कीले आफूलाई बदनाम गर्न खोजेको बताए । सुपारी तस्करीमा आफ्नो संलग्नता नभएको भन्दै संलग्नता प्रमाणित भए आजैका मितिदेखि राजीनामा दिने बताए ।
वास्टर्ड भन्दै पत्रकार सम्मेलनबाट बाहिरिन थालेपछि पत्रकारहरुले पेशागत अपमान भएको भन्दै उनीविरुद्ध नारावाजी गर्दै बाटो रोकेका थिए। धरपटडका क्रममा केही पत्रकार घाइते भएका छन् । कार्कीेले माफी नमागेसम्म बाहिर जान नदिने भन्दै पत्रकारहरुले जिल्ला प्रशासन कार्यालयको मुलगेटमा कार्कीविरुद्ध नाराबाजी गरेका थिए ।

0 comments
तपाईंको प्रतिकृया