Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
डा. केसीले अनशन तोडे, अस्पतालमा सेवा सुचारु

काठमाण्डौ, १० माघ । त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान आइओएमको डीन बरिष्ठताका आधारमा गर्ने सहमति पछि  आमरण अनसनमा बसेका  प्राध्यापक डा. गोविन्द केसीले अनशन तोडेका छन् ।   डा. केसीले चौध दिनपछि हाडजोर्नीकी विरामी भक्तपुरकी ७ बर्षीय बालिका एलिशा थापाको हातवाट जुस पिउँदै अनशन तोडेका हुन् । स्वास्थ्य मन्त्रालयमा विहान सरकारी वार्ता टोली र नेपाल चिकित्सक संघविच विहिवार  भएको सहमतिलाई अन्तिमरुप दिएपछि केसीले अनशन तोड्न सहमत भएका हुन् ।
 सरकारी वार्ता टोली डा. केसीलाई अनशन तोडाउन महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेको थियो ।  केसीले राजीनामा दिएका डीन डा. प्रकाश सायमीलाई नै पुनःबहाली वा बरिष्ठताका आधारमा डिन नियुक्त गर्नु पर्ने माग अघि सारेका थिए । सरकार लचिलो हुँदै केसीले भनेजस्तै गरी बरिष्ठताका आधारमा चिकित्सकलाई डिनमा नियुक्ती गर्न सहमत भएको हो ।
सहमतिमा सरकारी वार्ता टोलीका संयोजक एवम् प्रधानमन्त्री कार्यालयका सचिव  कृष्णहरी बाँस्कोटाबास्कोटा र चिकित्सक संघका अध्यक्ष डा.अञ्जनीकुमार झाले हस्ताक्षर गरेका छन् । यसअघि गएराति साढे ११ बजे अनशनस्थलमा पुगेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव एवं सरकारी वार्ता टोलीका संयोजक बास्कोटाले गएरातिसरकारका तर्फबाट माग पुरा गर्ने प्रतिवद्धता जनाएका थिए ।

सहमति पछि नेपाल चिकित्सक संघले आन्दोलनका कारण बन्द रहेका देशभरका अस्पतालको सेवा सुचारु गर्न आव्हान गरेको छ । संघले आन्दोलनमा आफूहरुले उठाएका सबै माग पूरा गर्न सरकार सहमत भएकोले आन्दोलन फिर्ता लिएको जनाएको छ ।

0 comments

तपाईंको प्रतिकृया