Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
शिक्षकहरुलाई तालिम

बुटवल, २० पुस –  आधारभूत तहमा अंग्रेजी माध्ययमबाट शिक्षण गर्ने शिक्षकका लागि बुटवलमा संचालित १० दिने तालिम सम्पन्न भएको छ ।
शैक्षिक तालिम केन्द्र रुपन्देहीको आयोजनामा कान्ति माबि श्रोत केन्द्र अन्तर्गतका  सामुदायिक बिद्यालयका २६ जना शिक्षकका लागि तालिम प्रदान गरिएको हो ।
शैक्षिक तालिम केन्द्रका बरिष्ठ प्रशिक्षक होमनाथ सुबेदीको अध्यक्षतामा भएको कार्यक्रममा सहभागिलाइ प्रमाणपत्र बितरण गर्दै उपसचिब रुद्रलाल उपाध्यायले तालिमलाइ ब्यबहारमा लागु गर्न आग्रह गरे । बरिष्ठ प्रशिक्षक होमनाथ सुबेदीले तालिमले शैक्षिक गुणस्तर सुधारमा महत्व राख्ने बताए । शनिबार नै पुन १० दिने तालिमका लागि नयां समूहलाइ पनि तालिम शुरु गरिएको छ ।

0 comments

तपाईंको प्रतिकृया