Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
‘तिनाउ मुहान संरक्षणमा ध्यान देउ’

बुुटवल २९ पुस– वातावरण संरक्षण ,सम्वद्र्धन र व्यवस्थापनमा काम गरिरहेको सामुदायिक बन समन्वय समिती दोभान पाल्पाले तिनाउ नदी क्षेत्रको पर्यावरण जोगाउन रुपन्देहीले पनि चासो दिनु पर्ने जनाएको छ ।
बुटवल नगरपालिका, १६÷३६ कुलो सिचाई समिती , नेपाल खाने पानी संस्थान लगायत सरोकारवालावाला निकायले तिनाउ नदिको मुहान संरक्षणमा ध्यान दिनु पर्ने समितीका अध्यक्ष राजेश श्रेष्ठले वताए ।
उनले तिनाउ नदीको मुहान संरक्षणमा सम्वन्धीत सरोकारवाला निकायले ध्यान दिन नसकेको बताउदै अब पनि संरक्षणको प्रयास शुरु नगरे तिनाउ संकटमा पर्ने बताए । वन जंगलको संरक्षण नहु“दा तथा अनियन्त्रित ढुङगा निकासी हुदा तिनाउको मुहान सुक्दै गएको उनको भनाई छ ।
इलाका वन कार्यालय दोभान रेन्ज पोष्टका प्रमुख सुरेस प्रसाद गुप्ताले दोभान गाविसमा मात्रै ३६ वटा वन समुदायमा हस्तान्तरण भएको जानकारी दिदै वन संरक्ष्णमा स्थानियको भुमिका महत्वपुर्ण हुने बताए ।
संस्थाका सचिव दलवहादुर गुरुङले तिनाउ नदीसंग सरोकार राख्ने सरकारी तथा गैर सरकारी निकायसंग छलफल गरेको वताए । उनले केही सरोकारवाला निकाय सकारात्मक भएपनि केही निकायले समन्वय गर्न नखोजेको बताए । वि.सं २०६० देखी विधीवत रुपमा दोभान गाविसमा  वन क्षेत्रमा कार्यरत उक्त संस्थाले स्थानियको जिविकोपार्जनलाई समेटेर कार्यक्रम संचालन गरेको जनाएको छ ।

0 comments

तपाईंको प्रतिकृया