Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
पितृधाम बनाउन महायज्ञ

बुटवल १६ माघ– पितृधाम निर्माणार्थ बुटवल १४ तामनगरमा श्रीमद भागवत धनधान्याञ्चल ज्ञान महायज्ञ  आजदेखी शुरु हुदै छ । शिवपुरी पितृस्मृती धामले महायज्ञको आयोजन गरेको हो । महायज्ञमा प्रमुख कथावाचक  कमलनयन गौतम रहेका छन ।
माघ २४ गते सम्म जारी रहने उत्त, महायज्ञको आज शुक्रवार समुदघाटन कार्यक्रम रहेको महायज्ञ आयोजक मुल समितीका अध्यक्ष उदयराज काफ्लेले जानकारी दिए । विहिवार महायज्ञ स्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले पितृहरुको स्मृतीमा धाम बनाउन लागीएको बताए ।
गुरुयोजना तयार गरी करिव १० करोड खर्चमा धाम वनाउन लागिएको उनले जानकारी दिए । समितीका महासचिव दुगा सुवेदीले दानदाताहरुलाई सम्मानको ब्यवस्था गरिएको बताए । उनका अनुसार ५० लाख भन्दा  वढि दिनेदातालाई सम्मान स्वरुप धाम परिसरमा इच्छाएको व्यक्तिको पुर्णकदको युगल मुर्ति स्थापनाको लागी स्थल प्रदान गरीने र सभानायकको सम्मान दिइने छ ।
केही दाताहरले महायज्ञ शुरु हुनु पुर्व नै दान दिएका छन ।  समितीका सचिव वालकृष्ण पौडेलले ४० जनाले २५ हजारका दरले दान दिई सकेको जानकारी दिए । पितृधानमा १ सय ५ पितृहरुको नाम राखिने छ । धामलाइ धार्मिक पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न दुर्गा मन्दिर , सरस्वतीको मन्दिर शिवलिङ , सत्सङ भवन पुस्ताकालय, धर्मशाला संस्कृत पाठशाला लगायतको निर्माण कार्य भईरहेको धाम समितीले जनाएको छ । स्व प्रेम प्रसाद सुवेदी तथा शुभद्रा सुवेदीका परिवारले पितृहरुको  स्मृतीमा शिवको ५५ फुट उचाई रहेको मुर्ति निर्माण गरेका छन । 

0 comments

तपाईंको प्रतिकृया