एमाओवादी बैठक स्थगित
पार्टी शुद्धीकरणको जिम्मा अध्यक्ष प्रचण्डलाई
काठमाडौं, १० माघ। एकीकृत नेकपा माओवादीले रुपान्तरणको कार्ययोजना बनाउने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ ।
८ दिनदेखि जारी केन्द्रीय समिति बैठक स्थगित गरेर रुपान्तरण र संगठनबारे ठोस प्रस्ताव बनाउने जिम्मा प्रचण्डलाई दिएको छ । प्रचण्डलाई आचार संहितासहित नेतृत्वमा रुपान्तरण र संगठनबारे ठोस प्रस्ताव ल्याउन भनिएको छ ।
माघ २ गतेबाट सुरु भएको प्रचण्डको प्रतिवेदनमा छलफल गरे पनि ठोस कार्यक्रम नभएको नेताहरुले बताएका थिए । बैठकमा बोल्ने ९० प्रतिशतबढी नेतृत्व परिर्वतनको पक्षमा नदेखिएकोश्रोतको दावी छ । एमाओवादीमा नेतृत्व फेर्ने विषयलाई पनि कतिपय नेताहरुले जोडका तोडले आवाज उठाउदै आएका छन ।

0 comments
तपाईंको प्रतिकृया