Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
कृषि उपज थोक बजारको दुवै पट्टीको सटर खोल्न अल्टिमेटम

बुटवल,२१ पुस । बुटवल ७ स्थित कृषि उपज थोक बजार केन्द्रको विषय बुटवल नगरपालीका र स्थानियको फेरी विवाद शुरु भएको छ । 
स्थानिय टोल सुधार समितिले सब्जी मण्डीको दुवै पट्टीको सटर खुल्ला गर्न माग गर्दै आइतवारदेखि बुटवल नगरपालीकालाई १५ दिने अल्टिमेटम दिएको छ ।
टोल सुधारको विषयलाई लिएर पटक पटक बुटवल नगरपालीकालाई दवाव दिँदै आएको टोल सुधार समितिले १५ दिनभित्र आफ्ना माग पुरा नभए कृषि उपज तथा थोक वजार केन्द्रका दुवै गेटमा अनिश्चीतकालिन तालावन्दी गर्ने चेतावनी दिएको छ ।
समितिका सचिव खगेन्द्र पौडेलले आफ्ना मागका वारेमा नगरपालीका उदासिन रहेकाले संघर्षका कार्यक्रमलाई अगाडि वढाएको बताए ।
उनले  कृषि उपज केन्द्र तथा थोक वजार केन्द्रमा रहेका सटरको पुर्वी भागका सटरलाई छ फिट पार्टेशन गरि खोल्नु पर्ने, स्थानीय क्षेत्रमा फोहर व्यवस्थापन गर्नु पर्ने तथा नाली सफा गर्नु पर्ने लगाएताका  माग अगाडी सारेको जानकारी दिए । 
टोल विकास समिति ७÷८ को आन्दोलन प्रति राधाकृष्ण, सुन्दरनगर, सौभाग्य, माइती र संयुक्त टोल विकास समितिले एक्यवद्धता जनाएका छन् । कार्यक्रम समितिका संयोजक ज्ञानेन्द्र खनालको अध्यक्षतामा भएको थियो भने सो कार्यक्रममा सुन्दरनगर टोल सुधार समितिका विरमान लामा, सौभाग्य टोल सुधार समितिका ध्रुवराज खनाल लगाएतले समस्या समाधान गर्न तर्फ कदम चाल्नु पर्नेमा जोड दिएका थिए ।

0 comments

तपाईंको प्रतिकृया