Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
मेचीकाली पत्रिकाले एमएम सञ्चालन गर्ने

बुटवल, पुस १९ । मेचीकाली सन्देश प्रकाशन प्रालिले एफएम रेडियो पनि सञ्चालन गर्ने भएको छ ।
शुक्रबार सम्पन्न प्रालिको नवौ बार्षिक साधारणसभा तथा अधिबेशनले रेडियो सञ्चालनको प्रस्ताव पारित गरेको हो । प्रालिले हाल मेचीकाली सन्देश राष्ट्रिय दैनिक प्रकाशन गर्दै आएको छ ।
रेडियो सञ्चालनका लागि साधारणसभाले बसन्तराज खनालको संयोजकत्वमा तीन सदस्यीय एफएम सञ्चालन तथा व्यवस्थापन कार्यदल गठन गरेको छ । कार्यदलको सदस्यमा यमलाल लोहनी र बालाराम भट्टराई रहेका छन्  ।  अधिवेशनले प्रकाशन प्रालि सञ्चालक समितिको अध्यक्षमा देवेन्द्रप्रसाद ध्वजूलाई पुनः चयन गरेको छ । यस्तै सञ्चालक समितिका सदस्यहरुमा तेजकुमार पाठक, बसन्तराज खनाल, होमराज बस्याल, आदित्यनारायण कसौधन, रेनुका खरेल, गोपाल राना, यमलाल लोहनी र बालाराम भट्टराई चयन भएका छन् ।

0 comments

तपाईंको प्रतिकृया